मिस एण्ड मिष्टर थारुको ड्रेस डिजाइनर पर्दाभित्रकी मिस थारु !


लक्की चौधरी
काठमाडौं, पुस ७ गते । गत सोमबार पुस ३ गते भएको मिस एण्ड मिष्टर थारु २०७४ का लागि ड्रेस डिजाइन गर्ने कैलाली टीकापुरकी सुशीला चौधरी पर्दा पछाडिकी मिस थारु बन्न सफल भएकी छिन् ।

ड्रेस डिजाइनरमा स्नातक गरेकी चौधरी करिब पाँच वर्षदेखि ड्रेस डिजाइन र व्यवस्थापन पेशामा छिन् । थारु माघी महोत्सव होस् कि थारु तथा अन्य समुदायको सांस्कृतिक कार्यक्रममा होस् उहाँको प्रस्तुतीकरण दमदार रहँदैआएको छ । धेरै पटक उनले ‘स्टेज फेसन सो’ पनि सम्पन्न गरेर चर्चा कमाएकी छिन् ।

पहिलो पटक भएको मिस एण्ड मिष्टर थारु प्रतियोगितामा उनले पश्चिम महाकालीदेखि पूर्वको मोरङसम्मको थारु ड्रेस डिजाइन तथा संकलन गरेर प्रतियोगिहरुलाई थारु हुनुको पहिचान दिन सफल भइन् । थारु हुनुको वास्तविता प्रस्तुत गरिन् । तर उनको प्रतियोगितमा खासै चर्चा सुनिएन । त्यसैले उनी पर्दापछाडिकी मिस थारु हुन पुगेकी छिन् ।

प्रतियोगितामा सहभागी २७ जना थारु युवती र २१ जना थारु युवाका लागि ड्रेस डिजाइन गरी उचित व्यवस्थापन गरेकी सुशीलाले एक महिना पुरै समय त्यसमा खर्चेकी थिइन् । हरेक प्रतियोगीको पोशाकको नाप लिएर उनले ड्रेस डिजाइन गरिन् ।

पश्चिमका थारुले लगाउने लेहङ्गा, चोली, धोटी, कुर्था, कुल्फा, सद्री, घँघरिया होस् कि पूर्वका थारुले लगाउने अँचरा, खर्की, चितवनीया, मोरङीया, सुनसरी र सप्तरीमा लगाउने थारु पोशाक किन नहोस् । उनले छोटो समयमा प्रतियोगिहरुका लागि ड्रेस डिजाइन गरी कार्यक्रम सफल पार्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

प्रतियोगीहरु थारु ड्रेस लगाएर मञ्चमा प्रस्तुत भएपछि दर्शको तालीको गडगडाहत अझ सुनिएको थियो । त्यसले थारु हुनुको पहिचान दिएको थियो । त्यसैले सुशीला चौधरी पर्दा पछाडिको मिस थारु बन्न सफल भइन् ।

उनलाई ड्रेस डिजाइन तथा संकलन गर्नमा अन्य सहयोगी हातहरुको पनि सहयोग थियो । सुनसरीकी सीता चौधरीले उनलाई पूर्वको थारु ड्रेसका लागि भरपूर्ण सहयोग गरेको उनी सम्झिन्छिन् । त्यस्तै अन्य सहयोगी हातहरुको माया र सदभावले आफू प्रतियोगीहरुका लागि ड्रेस डिजाइन तथा व्यवस्थापनमा सफल भएको सुशीला चौधरीको अनुभव छ ।

थारु कल्चरल ड्रेस डिजाइनमा खास सोख र दक्षता राख्ने उनको आगामी दिनमा पनि त्यस पेशालाई अझ परिस्कृत बनाएर अघि बढ्ने योजना छ । प्रतियोगीताले थारु कला, संस्कृतिको प्रचारप्रसारमा सहयोग पुगेको उनको बुझाई छ ।

प्रतियोगीहरु थारु ड्रेस लगाएर मञ्चमा प्रस्तुत भएपछि दर्शको तालीको गडगडाहत अझ सुनिएको थियो । त्यसले थारु हुनुको पहिचान दिएको थियो । त्यसैले सुशीला चौधरी पर्दा पछाडिको मिस थारु बन्न सफल भइन् ।

काठमाडौंको राष्ट्रिय नाचघरमा भएको प्रतियोगितबाट जेनिसा चौधरी र चन्दन चौधरी क्रमशः मिस थारु एण्ड मिष्टर थारु २०७४ उपाधि हात पारेका थिए ।

तपाईको प्रतिक्रिया