
आर एन चौधरी
मलेसिया, पुस ७ गते । मलेसियाको इतिहासमै पहिलो चोटि थारु माघी महोत्सव तथा बार्षिक उत्सव २०७४ कार्यक्रम आयोजना हुन गइरहेको छ ।
रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्य मानिने सबैभन्दा बढी करिब ८ लाखको हाराहारीमा कामदारहरु रहेको मलेसियामा थारु युवाहरु एकजुट भइ प्रवासी थारु सेवा समाज मलेसियाको प्रमुख आयोजनामा पीडित थारुहरुको सहयोगार्थ थारु माघी महोत्सव नयाँ बर्ष जनवरी महिनाको १४ तारिख (पुस ३० गते) आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरमा हुन गइरहेको छ ।
एरिना स्टार होटेलमा आयोजना हुने कार्यक्रममा प्रबेश गर्नको लागि मलेसिया रिङ्गिटमा पर्ने टिकटको ब्यवस्था गरिएको थारु सेवा समाजका पुर्व संस्थापक अध्यक्ष तथा संरक्षक आर.एन. चौधरीले बताउनुभयो ।
मलेसियामा बिगत लामो समयदेखि नेपालका आदिवासी भुमीपुत्र थारु समुदायका युवाहरु कार्यरत रहेपनि अहिलेसम्म यहाँ परदेशमा आफ्नो थारु जातिको कला, संस्कृति, भेषभुषा, पहिचानलार्इ चिनाउने कार्यक्रम हुन सकेको थिएन ।
समाजका बर्तमान अध्यक्ष मनिराम थारुको भनाइअनुसार यो हाम्रो थारु समुदायको पहिलो सांस्कृतिक प्रोग्राम हो । बढीभन्दा बढी दर्शकहरु उपस्थित हुन सक्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा थारु मात्र नभई नेपालीको नाताले यहाँ कार्यरत रहेका बढीभन्दा बढी साथी, भाइ, दिदि बहिनीहरुको कार्यक्रममा सहभागिता रहने विश्वास आयोजकले गरेको छ ।
थारु माघी महोत्सव तथा बार्षिक उत्सव कार्यक्रमको उदघाटन प्रमुख अतिथि श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरी तथा कार्यक्रमका विशेष अतिथि संघीय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री जनकराज चौधरीले गर्ने आयोजकले बताएको छ ।
थारु माघी महोत्सव तथा बार्षिक उत्सव कार्यक्रमको उदघाटन प्रमुख अतिथि श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरी तथा कार्यक्रमका विशेष अतिथि संघीय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री जनकराज चौधरीले गर्ने आयोजकले बताएको छ ।
महोत्सवमा थारु खानाको परिकारको फ्रि ब्यवस्थापन नेपालबाट अतिथि कलाकारको रुपमा आउने नयाँ जेनेरेशनका हटचर्चित थारु गायक, गायिका, मोडेल, डान्सर कलाकार राज कुश्मी र अन्जु कुश्मीको जोड्दार नृत्यको साथसाथै मलेसियामा रहेका चर्चित स्थानीय कलाकारहरु रमित तामाङ, अभिनाष तामाङ, सरिता तामाङ, सुबिना तामाङ, हिदम तामाङ, कोष बोम्जन तामाङ, राज तामाङ लगायतको जोड्दार प्रस्तुति रहने छ्न।
कार्यक्रमको प्रायोजकमा परदेशी रेष्टुरेन्ट एण्ड परदेशी धमाका, रेष्टुरेन्ट मण्ड्ला र सहयोगी संस्थाकोरुपमा थारु साहित्यमा लौव युवा फाउन्डेसन मलेसिया, नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया रहेका छ्न।




