महिला, बालबालिको बढी मानवअधिकार उल्लंघनका घटना


मानबहादुर थारु
बर्दिया, पुस ८ गते । वर्दियामा महिला तथा बालबालिकाको बढी मानवअधिकार उल्लंघनको घटना देखा परेको छ । त्यसको न्यूनिकरणमा सबैको जोड आवश्यक रहेको सुझाव रहेको छ ।

इन्सेक बर्दियाको आयोजनामा पुस ७ गते गलरियामा मानव अधिकार वर्ष पुस्तक सम्पादन पुर्व समिक्षा सम्पन्न गर्दै वक्ताहरुले उक्त कुरा बताए ।

कार्यक्रममा सहभागि सरोकारवालाहरुले इन्सेकको मानवअधिकार उल्ंघन र ज्यादतीका घटना संकलन र अभिलेखकरण गर्ने कार्य उदारणीय भएको बताउँदै पुर्व समिक्षा कार्यक्रम डिसेम्वर भन्दा पनि जनवरीमा गरेको अवस्थामा हरेक वर्षको अन्त्य डिसेम्वरसम्मको पूर्ण घटना समेटन सहजता हुने बताए । साथै वर्ष पुस्तकमा समेटिने घटनालाई समय सापेक्ष बनाउँदै लैजान पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी मानबहादुर चौधरीले सन २०१७ को वर्ष भरी जिल्लामा भएका मानवअधिकार उल्लघंन र ज्यादतीका घटना प्रस्तुत गरेको थिए । प्रतिवेदन अनुसार जिल्लामा ६७ ओटा घटना भएका छन् ।

जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंखरबहादुर थारुले कार्यक्रममा बोल्दै प्रतिवेदनले महिला तथा बालबालिका बढी पीडित भएको देखाएको र यसलाई राज्यको नयाँ संरचना स्थानीय तहहरुको विशेष योजना बनाएर न्यूनिकरणका लागि काम गर्नुपर्ने बताउनु  भयो ।

जसमा महिला हत्या १, भ्रुण हत्या १, महिला बलात्कार १३, बालीका बलात्कार १९, महिला बलात्कार प्रयास २, बालीका बलात्कार प्रयास १, महिला यौन दुरब्यवहार १, बालीका यौन दुरब्यवहार १, मानव ओसारपसार तथा बेचबिखन ७, बोक्सीको आरोप १, महिला तथा घरेलु हिन्सा ९, जातिय छुवाछुट १, यातना १, सम्पति क्षेति २, बहुविवाह ४, बालविवाह ३ रहेका छन् ।

जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंखरबहादुर थारुले कार्यक्रममा बोल्दै प्रतिवेदनले महिला तथा बालबालिका बढी पीडित भएको देखाएको र यसलाई राज्यको नयाँ संरचना स्थानीय तहहरुको विशेष योजना बनाएर न्यूनिकरणका लागि काम गर्नुपर्ने बताउनुभयो । त्यसकालागि आफुले पहल गर्ने बताउँदै गैरसरकारी तहबाट पनि महत्पूर्ण सहयोग हुन आवश्यक रहेकोमा जोड दिए ।

यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बलात्कार घटनामा प्रहरीका जाहेरी दर्ता गर्न ढिलो गर्नुले प्रमाण नष्ट हुने र पीडितले न्याय पाउने सम्भावना कम हुने बताए । यसो हुन नदिन सरकारी तथा गैरसरकारी जिम्मेवार निकायले सामाजिक र कानुनी दायीत्व पुरा गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया