रुक्मिणी चौधरीको दललाई ५९ जिल्लामा मत, किन थोरै मत ?


लक्की चौधरी

काठमाडौं, पुस १८ गते । थारु नेतृ रुक्मणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) लाई तराई र पहाडका जिल्लामा गरी ५९ जिल्लाबाट मत प्राप्त भएको छ । कुल २४ हजार ९३४ मत प्राप्त गरेको सो दलको प्रतिनिधिसभा तर्फ १४ हजार ३२५ र प्रदेशसभा तर्फ १० हजार ६०९ मत छ ।

यसअघिको २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा थ्रेसहोल्ड (मतसीमा) नभएकाले समानुपातिकबाट संविधान सदस्य बन्न सफल हुनुभएका चौधरीलाई यस पटकको थ्रेसहोल्ड प्रणालीले सांसद हुनबाट रोक्यो । विगतकै अनुपातमा मत आएपनि मत प्रयाप्त भएन ।

अध्यक्ष चौधरी भन्नुहुन्छ, “जुन किसिमको मत आउँछ भन्ने लागेको थियो सोअनुसार आएन, संगठन विस्तार र पैसा खर्च गर्न नसक्दाको परिणाम हो भन्ने लागेको छ ।”

अध्यक्ष चौधरी भन्नुहुन्छ, “जुन किसिमको मत आउँछ भन्ने लागेको थियो सोअनुसार आएन, संगठन विस्तार र पैसा खर्च गर्न नसक्दाको परिणाम हो भन्ने लागेको छ ।”

उसो त निर्वाचनअघि चौधरीलाई धेरै पार्टीबाट एकताको प्रस्ताव आएको थियो, तर उहाँले पार्टी एकता र आफूलाई सुनिश्चित गर्नतर्फ लाग्दै लाग्नुभएन । उहाँ भन्नुहुन्छ, “मलाई कांग्रेस, एमाले र माओवादी सबै दलबाट पार्टी एकताको प्रस्ताव आएको हो, प्रत्यक्षतर्फ निर्वाचन लड्ने टिकटको प्रस्ताव पनि आएको हो तर थारुको मुद्दालाई ओझेलमा राखेर पद खानेतर्फ लाग्न मेरो मनले मानेन ।” अझै पार्टी कुनै दलमा नमिलाउने अडान उहाँले सुनाउनुभयो ।

थारु अधिकारका लागि शुरुदेखि निश्पक्ष भएर आवाज उठाउँदै आउनुभएकी अध्यक्ष चौधरीलाई थारुले नै मत किन दिएनन् ? जिज्ञासामा उहाँ भन्नुहुन्छ, “हाम्रा मतदातामा अझै चेतनास्तर आइसकेको छैन, कारण त्यतिमात्र होइन, हाम्रो सांगठनिक विस्तार हुन नसक्नु, सोचेअनुसार निर्वाचनमा खर्च व्यवस्थापन गर्न नसक्नु र पार्टीको मुद्दालाई जनतामाझ स्थापित गर्न नसक्नुको कारण पनि हो ।”

निर्वाचन प्रणाली नै खर्चिलो र भडकिलो भएपछि साना दललाई चुनाव लड्न निकै गाह्रो भएको अनुभूति गराएको बताउँदै अध्यक्ष चौधरीले आगामी दिनमा थप संगठन विस्तार गरेर नयाँ सोच र शैलीकासाथ अघि बढ्ने तर्क गर्नुभयो । मत गणनामा सबैतिर हाम्रो प्रतिनिधि नहुँदा पनि मत परिणाममा तलमाथि भएको बुझाई अध्यक्ष चौधरीको छ । सो दललाई थरुहट क्षेत्रमा समेत आशालाग्दो मत प्राप्त भएको देखिएन ।

तराईको जिल्लामा सबैभन्दावढी मत रुपन्देही जिल्लाबाट २२८१ प्रतिनिधिसभातर्फ र २०६१ प्रदेशसभातर्फ सो दललाई प्राप्त भएको छ । त्यस्तै सबैभन्दा कम मत कञ्चनपुरमा १४ प्रतिनिधिसभातर्फ र २५ प्रदेशतर्फ मत आएको देखिन्छ । सो दलले रौतहटबाट मात्र प्रत्यक्ष उम्मेदवार बनाएको थियो । यसपल्ट प्रतिनिधिसभातर्फको मतसीमा कुल सदरमतको ३ प्रतिशत र प्रदेशतर्फ १.५ प्रतिशत कायम गरिएको थियो । सो सीमालाई अध्यक्ष चौधरीको दलले पार गर्न नसकेपछि राष्ट्रिय र क्षेत्रीय दलमा पर्न सकेन । सो दल गाग्री चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको थियो ।

हेर्नुहोस् सो दलले प्राप्त गरेको मत परिणाम

तपाईको प्रतिक्रिया