
लक्की चौधरी
काठमाडौं, पुस २४ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको सक्रियतामा शुरुभएको वाम एकताले अब औपारिकता पाउने सन्निकटमा पुगेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको सूत्रपात नेता गौतम र श्रेष्ठले गर्नुभएको र आफूहरु सहमतिपत्रमा देखिनेगरी हस्ताक्षरमात्र गरेको चर्चा गर्ने गर्नुभएको छ । वाम एकताले औपचारिकता पाएमा यी दुई नेतालाई मुख्य जस जाने निश्चित छ ।
वाम एकताका सूत्रधारकारुपमा परिचित एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बाहिर गरिएको टिप्पणीजस्तो पार्टी एकता प्रक्रिया पेचिलो नरहेको तर्क गर्नुभयो ।
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको मुख्य परिकल्पना गरेर वाम एकताको सूत्रपात गरिएको एकतामा सक्रिय दुवै नेताहरुको दावी छ । एकताको बलियो आधार बनिसकेकाले अव कसैले एकता भत्काउन चाहेर पनि त्यो नभत्किने उहाँहरुको बुझाई छ ।
दुई अध्यक्षबीच आइतबार साँझ भएको वानटुवान बैठकले बाम एकताको खाका तयार गर्ने र एकताप्रक्रिया तिव्रताकासाथ अघि बढाउने सहमति बनेपछि वाम एकता प्रक्रियाले गतिलिने विश्वास गरिएको छ । वाम एकतालाई भत्काउन कम्मर कसेर लागेका दल तथा नेताहरुलाई सो विषय असह्य भएको छ ।
पार्टीका दोस्रो तहका नेताहरुले पार्टी एकताको विषय बाहिर देखिएकोजस्तो पेचिलो नभएको दावी गर्नुभएको छ । वाम एकताका सूत्रधारकारुपमा परिचित एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बाहिर गरिएको टिप्पणीजस्तो पार्टी एकता प्रक्रिया पेचिलो नरहेको तर्क गर्नुभयो ।
“एउटा वृहत उद्देश्य र योजनासाथ पार्टी एकता प्रक्रिया अघि बढेको हो, एकतामा कुनै समस्या छैन” दुवै नेताहरुको समान धारणा छ । “वाम एकता टुटाउने प्रयास भएको सत्य हो, तर एकता भएरै छाड्छ” नेताद्वयले भन्नुभयो, “पार्टी एकता गर्न सकेनौं भने हामी दुवै दल सकिन्छौं ।” पार्टी एकताको विषयमा दुवै दलभित्र आन्तरिक गृहकार्य तिव्र बनाइएको उहाँहरुले तर्क गर्नुभयो ।
एमाले वरिष्ठ उपाध्यक्ष गौतमले दुई अध्यक्षबीच पदीय व्यवस्थापनमा समस्या देखिएको छैन, समस्या कसैले बनाइदिएका हुन् भन्नुभयो । “दुवै दलबीचको एकता भङ्ग होस् भन्ने प्रयाससाथ कोही लागेका छन्, तर त्यो पूरा हुन दिंदैनौं” उहाँले दावी गर्नुभयो । “पार्टी एकताको मोटामोटी खाका तयार भइसकेको छ, दुई अध्यक्षले त्यसलाई औपचारिकता दिन मात्र बाँकी छ” गौतमले भन्नुभयो ।
“पार्टी एकताको मोटामोटी खाका तयार भइसकेको छ, दुई अध्यक्षले त्यसलाई औपचारिकता दिन मात्र बाँकी छ” गौतमले भन्नुभयो ।
त्यस्तै, माओवादी केन्द्रका नेता श्रेष्ठले दुई पार्टी एकताको विषयमा कुनै सन्देह नरहेको बताउनु भयो । “एकता प्रक्रिया अलि लम्विएकाले धेरैले आशंका गर्ने ठाउँ पाए, तर आशंका गरेकोजस्तो समस्या दुवै दलका नेताहरुबीच छैन” उहाँले भन्नुभयो । दुई दलका अध्यक्षबीचको आपसी सहमतिका आधारमा उहाँहरुको निर्देशनअनुसार एकता प्रक्रिया अगाडि बढाउने कुरा भएको छ उहाँले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणकालागि आउने बुधबार थाइल्याण्ड जानुहुने भएकाले सोअघि नै पार्टी एकता प्रक्रियाले ठोस आकार लेओस् भन्ने उहाँको चाहना रहेको एमाले सचिवालयका एक नेताले बताउनुभयो । “अध्यक्ष ओलीको अस्वस्थता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक व्यस्तताकाकारण दुई अध्यक्षबीचको औपचारिक भेटघाटमा विलम्ब हुन गएको ती नेताको तर्क छ ।
यसरी शुरुभयो एकता प्रक्रियाः
दुई दलको एकता प्रक्रियामा संलग्न नेताहरुकाअनुसार नेपालका कम्युनिष्ट दलहरुलाई एकै मञ्चमा समेटेर लग्ने कुरा ०६२÷०६३ को जनआन्दोलन ताका नै भएको थियो । शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउने र पार्टी एकता गर्ने कुरा ०६३ सालमै नेताहरुवीचको पहिलो बैठकले गरेको थियो, एमाले उपाध्यक्ष गौतमले जानकारी गराउनुभयो । बीचमा राजनीतिक खिचातानीकाकारण वातावरण बन्न सकेको थिएन ।
एकता प्रक्रियामा शुरुदेखि भूमिका निर्वाह गरिरहनुभएका नेता गौतमले अव एकता प्रक्रियाले मूर्तरुप लिनेबेला आएको स्मरण गर्नुभयो । सबै कम्युनिष्ट दललाई एउटै दलमा समाहित गर्ने कुरा सबै कम्युनिष्ट दलका नेताबीच छलफल चलेको हो, तर खासमा एमाले र माओवादीबीच भने कुरा सकारात्मक भएको उहिल्यैदेखि हो उपाध्यक्ष गौतमको प्रष्ट पार्नुभयो ।
गौतमले भन्नुभयो, “पहिलो बैठक ०६३ मै बसेर मोटामोटी खाकाको विषयमा छलफल गरेको थियो, त्यसले मूर्तरुप भने असोज १७ गतेको छ बुँदे सहमतिबाट पायो ।”
“बीचमा केही समस्या आयो र प्रक्रिया अगाडि बढ्न सकेन, यद्यपि नेताहरुबीचको आन्तरिक छलफलले गति लिएकै थियो” उहाँले भन्नुभयो । “पार्टी एकताकालागि दुवै दलका नेताबीच अनगिन्ती बैठक र छलफल भएपनि सम्झनयोग्य बैठक छैठौं पटक भएको छ“ उपाध्यक्ष गौतमले भन्नुभयो, “पहिलो बैठक ०६३ मै बसेर मोटामोटी खाकाको विषयमा छलफल गरेको थियो, त्यसले मूर्तरुप भने असोज १७ गतेको छ बुँदे सहमतिबाट पायो ।” उपाध्यक्ष गौतमले अगाडि थप्नुभयो, “अब महिना दिनमै पार्टी एकता भएपछि औपचारिक पूर्णता त्यसबेला पाउने छ, त्यसको अन्तिम तयारीमा हामी लागेका छौं ।”
कम्युनिष्ट दलहरुबीचको टुटफुटका कारण कम्युनिष्टहरु बलियो नभएको र देशको विकास पनि हुन नसकेको बुझाई नेताहरुबीच त्यतिबेलै थियो नेता गौतमले भन्नुभयो । अब कम्युनिष्ट पार्टीलाई बलियो बनाएरै मुलुकको आर्थिक समृद्धि सम्भव हुने लागेर वृहत योजनासाथ चुनावी तालमेल र पार्टी एकता प्रक्रिया अघि बढेको हो उहाँको दावी छ ।
त्यस्तै, माओवादी केन्द्रका नेता श्रेष्ठकाअनुसार ०६३ बाटै पार्टी एकता प्रक्रियाको गृहकार्य शुरु गरिएको थियो । तर एकताको ठोस शुरुवात असोज १७ गतेको सहमितसँगै भएको उहाँले बताउनुभयो । “दुई कम्युनिष्ट दलको एकतामा करिब एघार बर्षको मेहनत लागेको छ, अब एकता हुँदैन भनेर कसैले भ्रम नपाले हुन्छ” उहाँले भन्नुभयो । पार्टी एकतालाई औपचारिकता दिन मात्र बाँकी रहेको श्रेष्ठको दावी छ ।




