हम्रै थारु सम्बतलाई चिन्न सकेनौं कि ?

सवि थारू

मिति कुनै पनि समयमा भएगरेका कार्यहरुको अभिलेख राख्ने माध्यम बनेको छ । जस अन्तर्गत वर्ष, महिना, गते, वार आदि पर्न जान्छ । यसैको आधारमा कुनैपनि समयमा हुनेगरेका कार्यहरूको अभिलेख राख्ने गरिएको छ । पौराणिककालका विद्वानहरूले तिथी र पक्षलाई आधार बनाएर अभिलेख राखेको पाइनुले पनि मितिको प्रयोग पौराणीककालदेखी नै हुँदैआएको अनुमान गर्न सकिन्छ । अहिले विश्वका प्रत्येक सरकारी, गैर सरकारी कार्यालय देखि लिएर सम्पूर्ण क्षेत्रमा सबै कार्यको अभिलेख राख्ने परिपाटीको बिकास भएको छ । चाहे त्यो पौराणीककालका विद्वानहरूले कुनै तिथी र पक्षलाई आधार मानेर होस् या ईशापूर्व ४०–४६ तिर रोमन सम्राट जुलियस सिजरले आफ्नो नामबाट सुरुवात गरेको जुलियस क्यालेन्डर होस् । या त जुलियस क्यालेन्डरमा त्रुटी भेटेपछि पोप गेग्रोरीले सुरुवात गरेको गेग्रोरीयन क्यालेन्डर (जुन क्यालेन्डरलाई अहिले विश्वका प्राय देशहरूले प्रयोगमा ल्याइरहेका छन्) होस् । या त हिन्दुहरूको पात्रो भनेर चिनिने नेपाल र भारतको राष्ट्रिय पात्रोकारुपमा परिचित भारतका राजा विक्रमादित्यले सुरुवात गरेको विक्रमसम्वत् होस् या त नेपालमा शंखधर शाख्वाको अनुरोधमा ईस्वीसम्वत् ८८० तिरबाट संचालनमा आएको शक सम्वत् होस् । या त राष्ट्रिय मान्यता दिलाउन नसकेको थारूसम्वत् नै किन नहोस् ।

नेपालको संंविधान २०७२ लागु भएसगँै धर्मनिरपेक्षमा गई सकेपनि नेपालले अंग्रेजी नयाँ वर्षलाई बहिष्कार गर्दै बिगत चार वर्षदेखि अंग्रेजी नयाँ वर्षकै दिन राष्ट्रिय टोपी दिवस मनाउदै आइरहको छ । भर्खरैमात्र अन्तर्राष्ट्रिय समुदायले ई.सं.सन् २०१७ लाई बिदागरि ई.सं.को नयाँवर्ष सन् २०१८ लाई स्वागत गरेको छ । ईश्वीसम्वत्को सुरुवात ईशापूर्व ४०–४६ तिर रोमन सम्राट जुलियस सिजरले आफ्नो नामबाट सुरुवात गरेको जुलियस क्यालेन्डर गर्दादेखी नै भएको देखिन्छ । जुलियस क्यालेन्डरले नै सूर्यमा आधारित दिन, महिना र वर्षको गणना चल्तीमा ल्यायो । तर जुलियस क्यालेन्डरमा थुप्रै त्रुटी भेटेपछी पोप गेग्रोरीले यसलाई संशोधन गरी आफ्नै नामबाट गेग्रोरीयन क्यालेन्डरको सुरुवात गरी यसलाई विश्वब्यापी रूपमा चल्तीमा ल्याए । २०१६ वर्ष अगाडी विफोर क्राइष्ट अर्थात भगवान् जिसस क्राइस्ट जन्मनु पूर्वको समयलाई मूलआधार मानेर यो पात्रो तयार गरिएको पाइन्छ र अहिले विश्वका अधिकांश देशमा यही पात्रो प्रयोगमा रहिआएको छ । जिसस क्राइस्ट जन्मनु अगाडिको समयलाई विफोर क्राइष्ट र जिसस क्राइस्ट जन्मनुपछीको समयलाई अन्नो डोमिनी भनिन्छ । आज विश्वमा यस समयलाई ईश्वीसम्वत्ले चिनिएको छ । हरेक जनवरी १ मा विश्वमा अधिकांश देशमा यसदिन नयाँ वर्षकोरुपमा मनाइन्छ ।

त्यसैगरी शक संवत्काबारेमा थुप्रै तथ्यहरू बाहिर आएको छ । शक संवत् नै सवभन्दा पुरानो संवत्कोरुपमा मानिन्छ । यसलाई कुषाण राजा कनिष्ठले चलनचल्तीमा ल्याएका थिए । तर यसको एकिन तथ्य चाहीँ अझै पूर्ण भइसकेको छैन । यसको उत्पत्तिकाबारेमा थुप्रैले फरक फरक मत ब्यतmगरेको पाइन्छ । एकथरीको ब्याख्या छ कि वराहमिहिरले शक–काल तथा शक–भूपकाल भनेका हुन् भन्ने छ । अर्कौथरी तथ्य बृहत्संहिताको ब्याख्यामा भनिएको छ, “जब विक्रमादित्य द्वारा शक राजा मारिए त्यसपछी शक संवत्को सुरुवात भएको हो । त्यस्तै थुप्रैले चाहीँ यो पनि भनेका छन् र सबभन्दा प्राचिन शिलालेखकाअनुसार यो पनि मान्न सकिन्छ कि, कुषाण राजा कनिष्ठ नै शक सम्वत्का प्रतिष्ठापक हुन् र प्राचिन एवम् वर्तमानकालमा ज्योतिर्विदाभरणमा पनि यहि कुरा उल्लेख छ । काठमाडौं उपत्यका र त्यसबेलाका बाइसे, चौविसे राज्यहरूमा भने शक संवत्को सुरुवात काठमाडौंका तत्कालिन नेवारी राजा राघबदेवका पालामा समाजसेवी शंखधर शाख्वाको अनुरोधमा ईश्वीसंवत् ८८० तिरबाट सुरुवातमा आएको पाइन्छ । शक संवत् ८०१, त्यसबेला काठमाडौं उपत्यकामा विक्रमसंवत् ९३६ वा ईश्वीसंवत् ८७९ थियो तर त्यसबेला नेवारी परम्पराअनुसार अंक ८ लाई अशुभ मानिन्थ्यो । जसअनुसार तत्कालिन राजा राघबदेवले त्यहाँको विधानको सुझाव अनुसार अंक ८ बाट छुट्कारा पाउन शक संवत् ८०१ वा ८०२ बाट अगाडिको ८० हटाई कार्तिकशुक्ल प्रतिपदाको दिनदेखि नेपालसंवत् १ सुरुवात गराएको पाइन्छ । जसलाई नेवारी समुदायले म्हःपूजा अर्थात नयाँवर्षका रुपमा मनाउदै आइरहेकाछन् ।

शक संवत् ८०१, त्यसबेला काठमाडौं उपत्यकामा विक्रमसंवत् ९३६ वा ईश्वीसंवत् ८७९ थियो तर त्यसबेला नेवारी परम्पराअनुसार अंक ८ लाई अशुभ मानिन्थ्यो ।

यस्तै अन्तर्राष्ट्रिय मञ्च २०६४ का अनुसार “विक्रमसम्वत् २०६४ कार्तिक २४ गते प्रतिपदाका दिन (तदअनुसार २००७ नोभम्बर १०) नेपाल सम्वत् ११२७ समाप्त भएर ११२८ प्रारम्भ भइसक्यो यो वर्ष शक सम्वत् १९२९ (११२८ + ८०१) पनि हो यो शकसम्वत् १९२९ बाट नेपालसम्वत् ११२६ घटाउँदा ८०२ फरक आउँछ । त्यसैलै राजा राधवदेवले वुद्घिमतापूर्वक काम गरेर नेपाल सम्वत्को शुभारम्भ गरेको थहर्छ ।” र अहिले विक्रमसम्वत् २०७४ मा नेपालसम्वत् ११३८ र शकसम्वत् १९३९ चलिरहेको छ । तसर्थ शकसंवत भन्नु र नेपालसंवत् भन्नु एउटै बुझिन्छ ।
त्यस्तै, भारतका राजा विक्रमादित्यले स्थापना गरेको विक्रमसम्वत्ले चाहीँ नेपालमा आधिकारिकरुपमा चन्द्र शमशेरको पालादेखि सुरुभएको हो । त्यसभन्दा पहिले नेपालमा शक सम्वत् तथा नेपालसम्वत् प्रचलनमा थियो । विक्रमसम्वत्को १९५८ औँ सालमा यो नेपालको आधिकारीक पात्रो बन्न पुग्यो । तर यसै विषयका बारेमा भने विक्रमसम्वत्ले थुप्रै विवाद प्रस्तुत गरेको पाइन्छ । कतिपय व्यक्तिले विक्रमसम्वत् नेपालको सम्वत् नै होइन भन्नुले यसबारे उपयुतm तथ्यहरू उजागर गर्न जरुरी छ । यसलेगर्दा विक्रमसम्वत्को इतिहासका लेखनमा भ्रम सिर्जना भएको देखिन्छ । लिच्छवी, मल्ल काल, सेनवंश लगायत पृथ्वीनारायण शाहका प्रारम्भिक शिलालेखहरूमा विक्रमसम्वत् उल्लेख हुनुले पनि विवादित विषयलाई बलियो बनाएको छ । पृथ्वीनारायण शाहदेखि भिमसेन थापा हुँदै कोतपर्वसम्मका कागजातहरू विक्रमसम्वत् नै लेखिएको पाइन्छ । विक्रमसम्वत् १९३७ मा भारत गुजरातका खोजकर्ता पं. भगवानलाल इन्द«जी नेपालमा आएर यहाँबाट २३ वटा अभिलेख खोजेर लगेका थिए र लिच्छवीकालमा उल्लेखित सम्वत्हरूलाई विक्रमसम्वतु ठह¥याएका थिए । यस्तै थुप्रै खोजकर्ताहरूले मानदेव पालाका सम्वत् लगायत धेरै समय अगाडिका सम्वत्हरू विक्रम सम्वत् रहेको ठह¥याएका छन् ।

केही इतिहासकारहरूले मानदेव प्रथमका पालाका सम्पूर्ण सम्वत्हरू शक सम्वत् रहेको दाबी गर्नुले पनि यसबारे इतिहास लेखनमा भ्रम सिर्जना भएको छ भन्न सकिन्छ । विक्रमसम्वत् सूर्यसँग सम्बन्धित भएकाले पनि यसमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित रहेका छन् । विक्रमसम्वत् र नेपाल सम्वत्को उठान नेपालमै भएको मानिन्छ । वैदिककालदेखि विक्रमसम्वत् तिथिको आधारका चल्दै आएको हुनाले यसमा तिथिहरू थपघट भइरहने र जसलेगर्दा शासन व्यबस्थामा पनि अप्ठ्यारो हुनेहुँदा ज्योतिषीहरूको सल्लाह र सुझावकाआधारमा चन्द« शमशेरले यसलाई गतेमा लेख्ने चलन चलाएका हुन् । तसर्थ विक्रम सम्वत् र शक सम्वत् अध्यावधि तिथिको आधारमामात्र चलेको छ । विक्रम सम्वत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई बैशाख १ गते मानी त्यसैका आधारमा महिनाहरूका दिनहरू निर्धारण गरिएका छन् । मीन राशि समाप्त भएर मेष राशिमा प्रारम्भ हनासाथ वैशाख महिना अर्थात नयाँवर्ष सुरू हुन्छ । विक्रम सम्वत्, शाके सम्वत्भन्दा १३५ वर्ष जेठो, नेपाल सम्वत् भन्दा ९३६ वर्ष जेठो र ईश्वी सम्वत् भन्दा ५७ वर्ष जेठो छ ।

थारू सम्वत् पनि थारू समुदायले माघी पर्वलाई नयाँवर्षका रुपमा मनाउन लागेदेखि नै सुरुवात भएको हो भन्नेमा कुनै शंका छैन । तर त्यसबेला थारू समुदायमा शिक्षाको कमीले कसैले पनि थारू सम्वत्को महत्व र कुनै दस्ताबेज नै राख्न सकेनन् ।

शक सम्वत् हुँदै नेपाल सम्वत्, ईश्वीसम्वत्, विक्रमसम्वत्, किरात सम्वत् आदि यस्तै सम्वत् रहेजस्तै थारूसम्वत् पनि एक हो । जसरी अन्य सम्वत्को सुरूवात भयो त्यसरी नै थारू सम्वत् पनि थारू समुदायले माघी पर्वलाई नयाँवर्षका रुपमा मनाउन लागेदेखि नै सुरुवात भएको हो भन्नेमा कुनै शंका छैन । तर त्यसबेला थारू समुदायमा शिक्षाको कमीले कसैले पनि थारू सम्वत्को महत्व र कुनै दस्ताबेज नै राख्न सकेनन् । जब थारू समुदाय पनि शिक्षित हुँदैगयो र आफ्नो संस्कृती र इतिहासको महत्व बुझ्दै जानेक्रममा, थारू समुदायले मनाउँदै आएको नयाँ वर्ष (माघी पर्व) कतिऔं नयाँ वर्ष हो ? प्रकृतीपूजक थारू समुदायले परम्परादेखि नै मनाउदै आएको माघीपर्व के साँच्चै नै थारू समुदायको नयाँवर्ष हो त ? भन्नेजस्ता प्रश्न थारू समुदायभित्रका जोकोहीलाई उठ्नु स्वभाविकै हो । संस्कृतीमा धनी थारू समुदायमा प्रयाप्त खोजअनुसन्धान तथा थारू समुदायकै संस्कृतविद लगायत अन्य शिक्षित व्यतिmहरू नै थारूसम्वत्को इतिहासकाबारेमा खोजअनुसन्धानमा ध्यान नदिनुले पनि यसको सुरुवात कसले र कहिलेदेखि ग¥यो भन्ने तथ्य बाहिर आउन सकेको छैन । तर प्रयाप्त अध्ययन अनुसन्धानको कमी र अप्रयाप्त दस्ताबेजका वाबजुत पनि लामो समयको अध्ययन अनुसन्धान र केही बुज्रुकहरूसँगको सल्लाहअनुसार विक्रमसम्वत् २०५० तिर देखी नारायणपुर–बुधौरा निवासी हाल जोशाई ईन्टरनेशनल यूनिभर्सिटी टोकियोमा विद्यावारिदी गर्दैआएका कनैलाल चौधरी र उनकै छिमेकी गाँउका उनका २÷४ जना शिक्षित साथीभाइहरूसँग मिलेर थारूसम्वत्बारे अझ थप अध्ययन अनुसन्धान गर्ने निर्णय गर्नुभयो । त्यसका साथसाथै उहाँहरूले त्यसबेला केही समय दर्ता नै नगरि थारू भाषाको “लौव पाइला” नामक पत्रिका प्रकाशन गर्न थाल्नुभयो । अन्तमा विक्रमसम्वत् २०६० साल फाल्गुन १ गतेको दिन “लौव पाइला”को दर्ता गरी थारू समुदायले परम्परादेखि नयाँ वर्षका रुपमा मान्दै आएको माघी पर्वलाई सर्वप्रथम २६३० भनेर स्थापित गर्नुभयो ।

अन्ततः शान्तिका अग्रदुत थारूका नश्ल भगवान बुद्धको जन्म मितिलाई प्रमुख आधार मानेर निर्माण गरिएको थारू सम्वत्को घोषणा विक्रमसम्वत् २०६४ साल भाद« २२ गते तदअनुसार सन् २००७–०९–०८ तारिखमा बालकृष्ण चौधरीको प्रमुख आतिथ्य एवं लौव पाइला पत्रिकाका अध्यक्ष नेपालु चौधरीको अध्यक्षतामा थारू सम्वत् २६३० घोषणा भएको थियो । त्यस्तै यसको पृष्ठभूमी भने विक्रम सम्वत्, ईश्वी सम्वत्, नेपाल सम्वत्जस्ता समय रेखाङ्हरूलाई पनि सन्दर्भ तथ्याङकारुपमा लिइएका छन् । यद्यपी भगवान् बुद्धको जन्म मिति ६२३ वि.सि. मे महिनाको १२ या १३ तारिख अर्थात बैशाख पूर्णिमाको दिन परेकाले थारू समुदायको नयाँवर्ष माघमा पर्नु र थारू सम्वत्को मुल आधार भने भगवान् बुद्धको जन्म मितिलाई आधार राख्नुमा पनि प्रश्न उठ्न जान्छ । चालु ईश्वी सम्वत्मा ६२३ जोड्दा भगवान् बुद्धको जन्म मिति आउँछ । यहाँ थारू समुदायको नयाँ वर्ष (माघी पर्व) भन्दा भगवान् बुद्ध ३ महिना २७ दिन पछी जन्मीएकाले भगवान् बुद्धको जन्म मितिलाई थारू सम्वत् या थारू समुदायको नयाँ वर्षमा ल्याउन उतm मितिमा ३ महिना २७ दिन घटाउनु पर्ने हुन्छ ।
जस्तो किः
६२३
+२००७ –०५ –१२
२६३० –०५ –१२ (सन् २००७ मा ६२३ जोड्दा थारू सम्वत् २६३० मे १२ हुन जान्छ ।)
२६३० –०५ –१२
— ०३ –२७
२६३० –०१ –१५ (२६३० साल मे १२ तारिखदेखि ३ महिना २७ दिन घटाउदा २६३० जनवरी १५ तारिख हुन जान्छ)

ईश्वी सम्वत् २००७ जनवरी १५ भन्नु र विक्रम सम्वत् २०६३ साल माघ १ गते भन्नु एउटै हो र माघ १ भन्नु थारू समुदायको नयाँवर्ष २६३० । यसर्थ अहिले ईश्वी सम्वत् २०१८ हो भने विक्रम सम्वत् २०७४ त्यसैले सोही अनुपातमै थारू सम्वत्को हिसाव गर्ने हो भने विक्रम सम्वत् २०७४ माघ १ गतेदेखि थारू सम्वत् २६४१ सुरु हुनजान्छ । यद्यपी थारू सम्वत् माघ १ गते देखि सुरु भएपनि विक्रम सम्वत्सँग केवल वर्ष र महिनाको अंकगणितीय भिन्नतामात्र रहेको छ । बाँकी सबै महिना, गते, बार, तिथिहरू विक्रम सम्वत्कै अनुसार चल्ने गर्दछ । यस्तै अन्य महिनाको नाम विक्रम सम्वत्सँग मिल्न गएपनि असोज र मंसिर महिनामा भने थारू समुदायको आफ्नै भाषामा रहेको छ । जसअनुसार असोजलाई “कुवाँर” त मंसिरलाई “अगहन” भनेर चिनिन्छ । यसलेगर्दा पनि थारू सम्वत्मा भाषिक भिन्नता नै हाम्रो विशेषता एवं पहिचान बोकेको छ ।

अन्य महिनाको नाम विक्रम सम्वत्सँग मिल्न गएपनि असोज र मंसिर महिनामा भने थारू समुदायको आफ्नै भाषामा रहेको छ । जसअनुसार असोजलाई “कुवाँर” त मंसिरलाई “अगहन” भनेर चिनिन्छ ।

तर जेजस्तो अवस्थामा र जुन आधारमा थारू सम्वत्को निर्माण भएको छ थारू सम्वत्को महत्व र यसबारे प्रकाश पार्न नसक्नुमा हामी जिम्मेवार रहनु पर्दछ । हरेक विषयमा आमजनताको चेतना अभिबृद्धिमा सञ्चार माध्यमको महत्वपूर्ण भुमिका रहने गर्दछ । त्यसैअनुरुप दाङबाट प्रकाशित थारू भाषाको साप्ताहिक पत्रिका “लौव अग्रासन” र कैलालीबाट प्रकाशित हुँदै आएको थारू भाषाको दैनिक पत्रिका “पहुँरा”ले थारू सम्वत्मा मिति लेख्दै आएपनि यी दुबै पत्रपत्रिकालाई एकआपसमा तुलनागर्दा यी दुबै पत्रपत्रिकाको मितिमा १ वर्षको अन्तर देखिन्छ । जसलेगर्दा थारू सम्वत्ले राष्ट्रिय मान्यता पाउनुको साटो स्वयम् थारू समुदायभित्र नै यसबारे अविश्वास सृजना गरेको छ । जसलेगर्दा थारू सम्वत्ले ब्यापकता पाउन सकेको छैन । थारू सम्वत्कै विश्वसनियता र ब्यापकतामा बृद्धि ल्याउने हेतुले जखोर लेक परिषद कैलालीले विगत तीनवर्ष देखि र अन्य संघसंस्थाले थारू भाषामै थारू सम्वत्को थारू भित्तेपात्रो प्रकाशन गरि बजारमा उपलब्ध गराउँदै आइरहेका छन् । जसमा वर्ष, महिना, बार थारू भाषामै उल्लेख गरिनुका साथै थारू समुदायले मनाउँदै आइरहेका जेजति चाड पर्वहरू रहेका छन् ती सवैलाई पात्रोमा समावेश गरिएको छ । जसले थारू जातीका मौलिक चाडपर्वलाई संरक्षण सम्बद्र्धनका साथै गैरथारूमाझ पनि हाम्रो चाड पर्वलाई चिनाउन उतm भित्ते पात्रोको भूमिका अतुलनिय छ ।

हुनत कुनै पनि कार्यको अभिलेख राख्न जुनसुकै मितिमा होस् फरक नपर्ला तर पनि हाम्रै थारूहरूको आफ्नै संंस्कृति बोकेको सम्वत् हुँदाहँदै यहि मिति हामीले ब्यवहारमा लागुगर्न सक्यौं भने यसले हामी थारू जातीको पहिचानलाई उजागर गर्न टेवा पु¥याउनेछ । सम्पुर्ण थारूहरूबीच एकता र भाइचाराको भावना बृद्धिमा पक्कैपनि मद्दत पु¥याउनेछ । तसर्थ अब पूर्वी र पश्चिमका सबै थारूहरूले थारू सम्वत्लाई अपनाउन जरुरी छ । थारू सम्वत्मै अझ बढी अन्यौलता उत्पन्न हुनेगरी छुट्टाछुट्टै थारू सम्वत्मा मिति उल्लेख गर्दैआएका लौव अग्रासन साप्ताहिक पत्रिका र पहुँरा पत्रिकाका सम्पादकहरू र प्रकाशकहरू एवं उतm पत्रिकासँग सम्बन्धित जोकोहि पनि एउटै टेवलमा बसि छलफलको माध्यमबाट आउने दिन एवं यसै वि.सं. २०७४ को माघी अगावै नै जसको त्रुटी छ उसैले गल्ती सच्याई दुबै पत्रिकामा उल्लेखित थारू सम्वत्मा एकरुपता ल्याउन जरुरी छ ।

थारू सम्वत् हामी थारूहरूका लागि ठूलो उपलब्धी हो । यसले हामी थारूहरूलाई आफ्नो संस्कृति संरक्षणमा अझ हौसला एवं यसप्रति माया मोहकासाथ संरक्षण सम्बद्र्धनमा टेवा पु¥याएको छ ।

यसकासाथै राष्ट्रियस्तरका थारू भाषाका अनलाइन खबर पत्रिकाहरू हमार पहुरा डट कम, थारूवान, थारूहट, मुतmीक डगर डटकम लगायतले पनि थारू सम्वत्लाई प्रमुख मितिकारूपमा राखेर यसको कार्यान्वयनमा ध्यान दिनुपर्छ । यस्तै थारू समुदायको महान् पर्व माघीलाई नयाँ वर्षको रुपमा मनाइन्छ भन्ने थाहा भए तापनि कतिऔँ नयाँ वर्ष हो भनी सरोकार नै नराख्ने तर प्रत्येक वर्ष माघी महोत्सव, कार्यक्रमको आयोजना गर्ने र शुभकामना दिने आयोजक लगायत सम्पुर्ण पत्रकार, राजनीतिज्ञले अहिलेको थारू सम्वत् एवं थारू समुदायकालागि कतिऔँ नयाँ वर्ष हो बुझ्न जरुरी छ । थारू समुदायको नयाँवर्ष आउन एक सातामात्र बाँकी रहदैदेखि माघी विशेष हुने कार्यक्रमका ब्यानरमा मुख्य मिति थारू सम्वत्मा लेखिन अति नै आवश्यक छ ।

पछिल्लो समय बर्दियाको बासगढी नगरपालिका र दाङको घोराही उपमहानगरपालिकाले थारू भाषालाई पनि सरकारी कामकाजीे भाषा बनाउने निर्णय गरेको छ । जसलेगर्दा थारूहरूको आत्मसम्मान र पहिचानमा पक्कैपनि बृद्धि भएको छ । हुनत थारू सम्वत्लाई ब्यवहारिकतामा ल्याउन सहज नहोला तर पनि यसले थारू समुदायभित्र नै ब्यापकता पाउन नसकेको अवस्थामा एक घर एक थारूभित्ते पात्रोलाई अभिलम्वन गर्न जरूरी छ । जुन थारू भित्ते पात्रोले हामी थारूहरूको चाडपर्व, संस्कृतिमा एकरुपता ल्याउन पक्कै पनि सहयोग पुग्नेछ । यसैगरि थारू सम्वत्कै विकास, संरक्षण, प्रबद्र्धन एवं यसमा ब्यापता ल्याउनका लागि खुल्लारुपमा यसबारे विभिन्न क्षेत्रका अग्रज ब्यतिmत्व एवं बुज्रकहरूसँग बहस चलाउन अति नै आवस्यक छ । थारू सम्वत् हामी थारूहरूका लागि ठूलो उपलब्धी हो । यसले हामी थारूहरूलाई आफ्नो संस्कृति संरक्षणमा अझ हौसला एवं यसप्रति माया मोहकासाथ संरक्षण सम्बद्र्धनमा टेवा पु¥याएको छ । थारू भाषालाई स्थानिय तहमा कामकाजी भाषाको मान्यता पाएजस्तै आउनुहोस् हामी सम्पुर्ण थारूहरू आजैबाट थारू सम्वत्लाई स्थानिय तहहुँदै केन्द«ीय तहसम्म यसको ब्यापकतामा जोड दिऔँ । थारू समुदायको महान पर्व माघी एवं नयाँवर्ष थारू सम्वत् २६४१ को सम्पूर्ण थारू समुदाय लगायत आम नेपालीलाई ढकियाभरीको शुभकामना । जय गर्वावा ।

(लेखको आधारः जोशाई ईन्टरनेशनल यूनिभरसिटीमा विद्यावारिधी गर्दैआएका कनैलाल चौधरीको लेख “कसरी सुरु भयो थारू सम्वत्?”)

तपाईको प्रतिक्रिया