सुनसरीको झुम्कामा ३० गतेदेखि माघी महोत्सव, तयारी करिब पूरा


सुनिल चौधरी
झुम्का, पुस २८ गते । थारु महिला उत्थान समाज रामधुनीले थारुको मौलिक खानाको परिकार प्रवद्र्धन तथा थारुभाषा संस्कृतिको पहिचानकालागि दोस्रो तिला संक्राईत एवं माघी महोत्सव २०७४ को तयारी पूरा गरेको छ ।

थारु मुक्ति, स्वतन्त्रताकोरुपमा चिनिने माघे संक्रान्तिको अवसरमा मौलिक खानाको परिकारको प्रवद्र्धन गर्दै पुस ३० गतेदेखि माघ ६ गतेसम्म झुम्कामा महोत्सवको तयारी गरिएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गरायो ।

महोत्सवका लागि सम्पुर्ण तयारी पूराभएको पत्रकार संस्थाकी अध्यक्ष सीता चौधरीले जानकारी गराउनुभयो । पुस ३० गते उदघाटन हुने महोत्सव जितमहान चोकमा हुने आयोजकले बताएको छ ।

थारू संस्कृति झल्किने पहिरन, भेषभूषासहित झाँकी प्रदर्शन, असहाय दलित, आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने, समाजमा योगदान दिएका जेष्ठ नागरीक थारुको हकहितमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँकोअनुसार महोत्सवमा विद्यालयस्तरका विद्यार्थीको बौद्धिक बृद्धिकालागि विद्यालयस्तरको हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने र विजयीलाई उचित सम्मान गर्ने तयारी गरिएको छ । त्यस्तै, महोत्सवलाई मनोरञ्जनात्मक तथा ज्ञानवद्र्धक बनाउने तयारी गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

थारु परम्परागत संस्कार संस्कतिको हस्तकला सामाग्रीहरु खरखरीया, मरुवा, मौर, बैलगाडा, औख्री मुसरा, ढेकी, जातो, जाल, डेली, हल्लो, कोदाली, बाद्यवादनमा मृदङ्ग, झाईल लगायतका सामाग्रीहरुको पहिचानकालागि स्टलहरुमा प्रदर्शन गर्ने तयारीभएको अध्यक्ष चौधरीले बताउनुभयो ।

माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा मनाइन्छ । महोत्सवमा कुनै राजनीतिक आग्रह पुर्वाग्रह नराखिने, बिशुद्ध नेपाली संस्कार, संस्कृतिमा आधारीत रहने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । थारु मौलिक परिकार प्रवद्र्धन, सांस्कृतिक, संस्कार, संस्कृति संरक्षण, पुर्वदेखि पश्चिमसम्मका नेपाली आदिवासी थारुहरुको पौराणिक कला, संस्कार तथा पर्वहरुको प्रचारप्रसार गरीे पर्यटन प्रवद्र्धनमा टेवा दिने लक्ष्य रहेको आयोजकले बताएको छ ।

लोप भइरहेको थारु परम्परागत संस्कार संस्कतिको हस्तकला सामाग्रीहरु खरखरीया, मरुवा, मौर, बैलगाडा, औख्री मुसरा, ढेकी, जातो, जाल, डेली, हल्लो, कोदाली, बाद्यवादनमा मृदङ्ग, झाईल लगायतका सामाग्रीहरुको पहिचानकालागि स्टलहरुमा प्रदर्शन गर्ने तयारीभएको अध्यक्ष चौधरीले बताउनुभयो ।

गत साल महोत्सवमा अबलोकन कर्ताहरुले थारुखाना परिकार घोंगी, बगीया, भक्का, चटनी, परेवा हाँसको मासु, तिलको लाय, भुजाको लायमा बिशेष स्वाद लिन पाएका थिए । थारु मौलिक परिकार प्रवद्र्धन गर्दै यसबर्ष थारु फुड फेस्टिबलका परीकार रहने जानकारी दिइएको छ ।

महोत्सव भब्य तथा सभ्य एवं ब्यवस्थित बनाउन बिभिन्न उपसमितिहरु बनाएर कार्य बिभाजन गरेका छन् । मञ्च ब्यवस्थापन उपसमिति, आर्थिक उपसमिति, स्टल ब्यवस्थापन उपसमिति, स्वयम् सेवक परिचालन समिति, प्रचार सञ्चार उपसमिति, परिकार ब्यवस्थापन उपसमिति निर्माणगरी महोत्सव ब्यवस्थापन गरेको कोषाध्यक्ष आशा चौधरीले बताउनुभयो ।

त्यसैगरी संस्थाका सल्लाहकार रामकुमारी चौधरीले थारुहरुले माघीमा खाने मौलिक परिकारहरुको महत्वको बारेमा जानकारी दिनुभयो । सल्लाहकार चौधरीकाअनुसार तिला संक्राईन्तको एक दिन अगावै थारु म्हिलाहरु तिललाई भिजाएर वाफि फेरी घाम्मा सुकाई ढीकीमा कुटेर त्यसको कालो भुसा सबै निकाली र चामललाई उल्वा गरी उल्वा भन्नाले वाफिने प्रकृया, उल्वा चामल तयार गरी एकाविहानै भुटेर तथा उल्वा चामललाई भुटेर भुजा बनाई गुरमा सानेर लड्डु बनाई जस्लाई तिल्वा लरु, मुरहिकेलाई भन्ने गरीन्छ । नदी, तलाउ, पोखरीमा गई स्नानगरी परसादीकोरुपमा खाने गरिन्छ ।

महोत्सवमा धनकुटा, ईलाम, झापा, बिराटनगरबाट समेत आन्तरिक पर्यटकहरु आउने विश्वास आयोजकको छ । यस वर्ष करिब ५० हजारले अवलोकन गर्ने आयोजकको बुझाई छ ।

पत्रकार सम्मेलनमा वडा नं. १ का वडा अध्यक्ष महेश चौधरीले थारु महिला उत्थानले गर्ने माघी महोत्सव पूर्ण सहयोग रहने बताउनुभयो । वडा अध्यक्ष चौधरीले माघे संक्रान्तीको धार्मिक, साँस्कृतिक, बैज्ञानिक महत्व रहेको भन्दै पर्वमा खाइने परिकारले शरीरलाई पौष्टिक दिने बताउनुभयो ।

महोत्सव राति ९ बजेसम्म चल्ने आयोजकले बताएको छ । सुरक्षा चुनौतीको मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीको स्विकृतिमा ईलाका प्रहरीको सहयोग र स्थानिय गाउँ समाजको सहकार्यमा सुरक्षा ब्यवस्थापन गरेको उपाध्यक्ष बिमला चौधरीले बताउनुभयो ।

उत्थान समाजले गतसाल गरेको महोत्सवमा स्थानिय लगायत सुनसरी जिल्लाभरीबाट करिब २० हजारले अबलोकन गरेको आयोजकले बताएको छ । महोत्सवमा धनकुटा, ईलाम, झापा, बिराटनगरबाट समेत आन्तरिक पर्यटकहरु आउने विश्वास आयोजकको छ । यस वर्ष करिब ५० हजारले अवलोकन गर्ने आयोजकको बुझाई छ । महोत्सवमा २० वटा विभिन्न थारु पहिचान झल्किने स्टल रहने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया