
काठमाडौं, माघ ३ गते । प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्त गर्नकालागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ।
कानुनमन्त्री यज्ञबहादुर थापाले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।
प्रदेश प्रमुखमा को को परे ?
मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरुको पनि नाम सिफारिस गरेको छ। प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला, प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन्।
सरकारले प्रदेशको अस्थायी राजधानी तोकिएपछि आन्दोलन पुनः हुने देखिएको छ । यद्यपि स्थायी राजधानी भने प्रदेशसभाको दुई तिहाईबाट तोक्ने प्रावधान खुल्ला नै छ ।
सरकारले प्रदेशको अस्थायी राजधानी तोकिएपछि आन्दोलन पुनः हुने देखिएको छ । यद्यपि स्थायी राजधानी भने प्रदेशसभाको दुई तिहाईबाट तोक्ने प्रावधान खुल्ला नै छ ।
पाँचै राजनीतिक दलको सहमतिमा प्रदेश प्रमुख तोेक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा एमाले र माओवादीले सहमति नदिएपछि मधेस केन्द्रीत संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालसँग सहमति गरेर सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेको हो ।
यी मध्ये सुब्बा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा क्रियाशिल छन् भने कोइराला माइती नेपालकी अध्यक्ष हुन्। कांग्रेसको कोटामा परेका यी दुई बाहेक कुँबर पूर्वमहान्यायधीवक्ता हुन् भने खनाल र मल्ल राजनीतिक पृष्ठभूमिबाट आएका हुन्। कायस्थ फोरम र झा राजपाकोे सिफारिसमा परेका हुन्।
संविधानको धारा १६३ बमोजिम सरकारको प्रतिनिधिका रुपमा प्रदेश प्रमुख नियुक्तिको सिफारिस मन्त्रिपरिषदले गरेपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्त गरी पद तथा गोपनियताको सपथ दिलाउनुपर्छ। प्रदेश प्रमुखमा कुनै ठाउँमा थारु परेनन् ।




