
काठमाडौं, माघ ४ गते । निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित २२० जना सदस्यहरूको नाम टुङ्गो लगाएको छ । विजयी उम्मेदवारहरूलाई माघ ५ गते शुक्रबार दिनको १ बजे प्रमाणपत्र प्रदान गर्ने भएको छ ।
आयोगले प्रदेश सभाको मतदानको मतपरिणामअनुसार राजनीतिक दलहरूले बन्द सूचीमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न नाम सिफारिस गरेका उम्मेदवारहरूलाई बुधबार निर्वाचित भएको घोषणा गरेको थियो ।
गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभाको अब सबै निर्वाचित परिणाम सार्वजनिक भएको छ ।
तलको रातो लाइनमा क्लिक गरेर हेर्नुहोस सूची




