वाराको पाँचगाछीया खेलमैदानलाई मिनी रंगशाला बनाउने प्रतिबद्धता


दुष्यन्त चौधरी
बारा, माघ १२ गते । बारा जिल्लाको करैयामाई गाउपालिका वडा नं. ७ पिपरामा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को पहिलो दिन नेपाल खेलकुद क्लव चन्द्रपुर र युवा स्पोर्टस क्लव विरगंजवीच भएको खेलमा २–० ले नेपाल खेलकुद क्लव चन्द्रपुर रौटहतटले विजयी शुरुवात गरेको छ ।

सृजनशिल यूवा क्लब पिप्रा बाराको आयोजनामा पहिलो दिनको सम्पन्न खेलमा नेपाल खेलकुद क्लव चपुरले २–० ले जित हासिल गरेको   छ । खेलकुद क्लव चपुरका जर्सी नम्बर १० का खेलाडी कृपा चौधरीले २८ मिनेट जाँदा पहिलो गोल गरेका थिए । दोस्रो हापको १४ औ मिनेट जाँदा राजु पहाडीले अर्को गोल थपी २–० को फराकिलो जित हासिल गरेका छन् ।

नेपाल खेलकुद क्लव चन्द्रपुरका कृपा चौधरी म्यान अफ द म्याच घोषित भएका छन् । पहिलो हापमा युवा स्पोर्टस क्लव विरगंजका खेलाडी जर्सी नं. १७ का रन्जय चौधरीले दुई येलो कार्ड पायपछि ३२ मिनेट खेल जादा मैदानबाट बाहिरीयो । त्यसपछि विरगंज दवावमा पर्यो । भोलीको खेल आयोजक सृजनशिल यूवा क्लव पिपरा बारा र आर्मी श्रीचन्दनथान गण हुनेबारे आयोजकले जानकारी दिएको छ ।

खेलकुद तथा राज्यमन्त्री तेजुलाल चौधरीले बाराको क्षेत्र नम्बर २ अन्तर्गत रहेका करैयामा गाउँपालिका वडा नम्बर २ स्थित रहेका पाँचगाछीया खेलमैदानलाई मिनी रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका खेलकुद तथा राज्यमन्त्री तेजुलाल चौधरीले बाराको क्षेत्र नम्बर २ अन्तर्गत रहेका करैयामा गाउँपालिका वडा नम्बर २ स्थित रहेका पाँचगाछीया खेलमैदानलाई मिनी रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन् ।

सरकारले केहीदिनमै बस्ने बैठकमा आफुले आउने वर्षभित्र पचगछिया खेलमैदानलाई मिनि रङशालामा परिणत गराउने दाबी मन्त्री चौधरीले गर्नुभयो । सिर्जनशील युवा क्लव आयोजनामा दोस्रो गोल्डकप गर्दै रहेका चौधरीले सो प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, बाराको निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेश सदस्य ज्वाला साह, करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामी, उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, चन्दननाथ गणका गणपति सन्तोष कार्की, प्रहरी उपरीक्षक राजकुमार बैदवार, सशस्त्र प्रहरी उपरिक्षक बेनु पाठक, राष्ट्रिय अनुसन्धानका प्रमुख उत्तम खनाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सृजनशील युवा क्लवका अध्यक्ष वृजमोहन चौधरीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया