प्रदेश नं. १ को मुख्यमन्त्रीको उम्मेदवार म हुँः एमाले सचिव आचार्य


लक्की चौधरी
काठमाडौं, माघ १३ गते । नेकपा (एमाले) का सचिव तथा प्रदेश नं. १ का इन्चार्ज भिमप्रसाद आचार्यले सो प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार आफू रहेको दावी गर्नुभएको छ । आफू सो क्षेत्रको मुख्यमन्त्री बनेमा योजनावद्धरुपमा विकासको कामगर्ने प्रतिवद्धता जनाउनुभयो ।

काठमाडौंमा शनिबार प्रेस चौतारी निकट पत्रकारसँग आन्तरिक छलफल गर्नुहुँदै आचार्यले त्यस्तो दावी गर्नुभयो । सो क्षेत्रमा मुख्यमन्त्रीको पदमा पूर्व सञ्चारमन्त्री शेरधन राईसमेत दावी गरिरहँदा उहाँले पार्टीमा आफ्नो वरिष्ठताका आधारमा पनि सो क्षेत्रमा मुख्यमन्त्री आफ्नो दावी हुने तर्क गर्नुभयो । जातीयरुपमा पार्टीमा सबैको प्रतिनिधित्व हुने भएपनि मुख्यमन्त्रीकोरुपमा जातीयरुपमा भागवण्डा अनुचित हुने उहाँले बताउनुभयो ।

पार्टीमा गुटको केही समस्या रहेपनि मुख्यमन्त्रीमा त्यस्तो समस्या नरहेको उहाँले दावी गर्नुभयो । पार्टी लोकतान्त्रिक प्रक्रियामा चलेकाले पार्टीले गर्ने निर्णय नै अन्तिम हुने उहाँले बताउनुभयो । दुई दलको अहिले वाम एकताको प्रक्रिया चलिरहेकाले सहमतिअनुसार नै अगाडि बढ्ने बताउनुहुँदै उहाँले आफ्नो दावी स्वाभाविक रहेको बताउनुभयो । अरुको दावी रहनु अस्वाभाविक होइन तर सो क्षेत्रको विकास र जनताको अपेक्षाअनुरुप नै निर्णय हुने तर्क गर्नुभयो ।

प्रदेश नं १ मा ६५ प्रतिशत परिणाम एमाले र माओवादी केन्द्रको पक्षमा आएको दावी गर्नुहुँदै उहाँले पार्टीले त्यसको मूल्यांकन गरेको बताउनुभयो । सकेसम्म लोकतान्त्रिक तरिकाले उम्मेदवार छनौट हुन्छ, नभए लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ उहाँले भन्नुभयो ।

चुनावीताका उम्मेदवारको टिकट वितरणकाक्रममा पैसा मागेको आरोप लगाएर आफूविरुद्ध अभियान चलाइएकोमा गुनासो गर्नुहुँदै सचिव आचार्यले “आफू टिकट पाउँदा ठिक, नपाउँदा पैसा खान खोज्यो भन्ने आरोप शतप्रतिशत गलत हो” भन्नुभयो । पार्टी बनाउने बेलामा गुट र तथ्यहिन कुरा उछाल्नु गलत भएको उहाँले बताउनुभयो । म विवादित होइन, मलाई विवादमा पार्ने प्रयासमात्र हो उहाँले भन्नु   भयो ।

प्रदेश नं १ मा ६५ प्रतिशत परिणाम एमाले र माओवादी केन्द्रको पक्षमा आएको दावी गर्नुहुँदै उहाँले पार्टीले त्यसको मूल्यांकन गरेको बताउनुभयो । सकेसम्म लोकतान्त्रिक तरिकाले उम्मेदवार छनौट हुन्छ, नभए लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ उहाँले भन्नुभयो ।

“पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुन्छ तर लोकतान्त्रिक हुनुपर्छ” भन्नुह्ुँदै उहाँले नचाइने कुरामा अलोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीलाई फाइदा नपुग्ने उहाँले बताउनुभयो । पार्टीको उम्मेदवारलाई हराउने अभियानमा लागेको आरोपप्रति खण्डन गर्नुहुँदै उहाँले त्यस्तो कल्पनासमेत गर्न नसकिने बताउनुभयो । आफूविरुद्ध आएको आरोपमात्र रहेको तर्क गर्नुहुँदै उहाँले मिडियालाई तथ्यकुरा बुझेर लेखिदिन आग्रह गर्नुभयो ।

प्रदेश नं. १ को मुख्यमन्त्रीकालागि नेता राईले पनि पहल गरिरहनुभएको छ । जनजातिको प्रतिनिधित्वकालागि पनि सो क्षेत्रमा मुख्यमन्त्री आफूले पाउनुपर्ने राईले दावी गरिरहनुभएको छ । सो क्षेत्रमा मुख्यमन्त्रीको दावी एमाले नेता हिक्मत कार्कीले पनि गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया