जनजाति पत्रकार महासंघ (फोनिज) को महाधिवेशन आगामी चैतमा हुने


काठमाडौं, माघ १३ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशन आगामी चैत २३ र २४ गते काठमाडौंमा हुने भएको छ ।

फोनिजको नवौं केन्द्रीय कमिटि बैठकले शनिबार सो मिति तय गरेको हो । महाधिवेशन तयारीकालागि विभिन्न समिति समेत गठन गरिएको अध्यक्ष डण्ड गुरुङले बताउनुभयो ।

बैठकले अध्यक्ष गुरुङको संयोजकत्वमा ३९ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै, कोषाध्यक्ष टेकराज थामी संयोजकत्वको आर्थिक तथा व्यवस्थापन समिति, सचिव मनोज घर्ती संयोजकत्वको प्रतिनिधि व्यवस्थापन समिति, सचिव राजेश चाम्लिङको संयोजकत्वमा प्रचार प्रसार तथा प्रकाशन समिति, उपाध्यक्ष भैरव आङलाको नेतृत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति गठन गरेको छ ।

महासचिव गजुरधन राई र कोषाध्यक्ष थामीले प्रस्तुत गरेको संगठनात्मक र आर्थिक प्रतिवेदन सुझावसहित बैठकले पारित गरेको छ ।

तपाईको प्रतिक्रिया