
लक्की चौधरी
काठमाडौं, माघ १६ गते । माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनपछि मात्र एमालेले संसदीयदलको नेता छान्ने र सोही नेता मुख्यमन्त्रीको उम्मेदवार हुने वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले बताउनुभएको छ ।
गौतमकाअनुसार पार्टीले माघ १८ देखि २१ गतेसम्म (चारदिन) एकल संक्रमणीय निर्वाचन प्रणालीबारे चारवटा प्रदेशमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ । प्रदेश ७ र २ मा सर्वसम्मत भइसकेकाले सो प्रदेशबाहेक सबै प्रदेशमा प्रशिक्षण गरिने उहाँले जानकारी दिनुभयो । २१ गते राती १२ बजेबाट मौन अवधि शुरुहुने भएपछि सो अघि नै त्यसबारेमा पार्टीका मतदातालाई प्रशिक्षित गराउने तयारी एमालेको छ ।
२१ गते राती १२ बजेबाट मौन अवधि शुरुहुने भएपछि सो अघि नै त्यसबारेमा पार्टीका मतदातालाई प्रशिक्षित गराउने तयारी एमालेको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु मतदाता रहने छन् । प्रशिक्षणकालागि पार्टीको प्रदेश संगठन कमिटीका संयोजकले केन्द्रीय निर्वाचन विभागको समन्वयमा व्यवस्था गर्न बैठकले निर्देश गरेको उपाध्यक्ष गौतमले बताउनुभयो ।
यसअवधिमा एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारलाई विजयी बनाउन दुवै पार्टीको तर्फबाट संयुक्त प्रचार–प्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायतको काम गर्न एमालेले भनेको छ । त्यस्तै, प्रदेशसभाको प्रथम बैठक अगावै प्रदेश सभा संसदीय दलको बैठक आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।
राष्ट्रियसभा निर्वाचन लगत्तै बस्ने एमाले संसदीय दलको बैठकले पार्टीको तर्फबाट प्रदेश संसदीयदलको नेता चयन गर्ने र सोही नेता नै प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार हुनेछ ।
राष्ट्रियसभा निर्वाचन लगत्तै बस्ने एमाले संसदीय दलको बैठकले पार्टीको तर्फबाट प्रदेश संसदीयदलको नेता चयन गर्ने र सोही नेता नै प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार हुनेछ । अहिलेसम्म प्रदेश ५ का लागिमात्र शंकर पोखरेल सर्वसम्मतरुपमा संसदीयदलको नेता चयन हुनुभएको छ ।
संसदीयदलको नेताको हिसावले प्रदेश ५ को मुख्यमन्त्री पनि पोखरेल नै हुनुहुनेछ । बाँकी प्रदेशका लागि सके सर्वसम्मत नसके गोप्य मतदानकाआधारमा संसदीयदलको नेता चयन गर्ने उपाध्यक्ष गौतमले जानकारी दिनुभयो । संसदीय दलको नेता चयन भएको प्रदेशमा सोही नेताको अध्यक्षतामा र दलको नेता चयन नभएको प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीयदलको बैठक बस्ने एमालेले बताएको छ ।
राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने प्रदेशसभा संसदीय दलको बैठकले संसदीयदलको नेता चयन गर्ने निर्णय मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले गरेको छ । निर्वाचनकालागि तीन सदस्यीय निर्वाचन कमिटी बनाउने निर्णय पनि एमालेले गरेको छ ।
संविधानको धारा १६८ (३) ले प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्य मन्त्री नियुक्ती गर्ने व्यवस्था गरेको छ ।
संविधानको धारा १६८ (३) ले प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्य मन्त्री नियुक्ती गर्ने व्यवस्था गरेको छ । नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था संविधानले गरेको छ ।
त्यस्तै, संविधानको धारा १८२ ले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यबीचबाटै प्रदेश सभामुख र उपसभामुख चयन गर्ने व्यवस्था गरेको छ । त्यसमा एकजना महिला अनिवार्य हुनुपर्ने र सभामुख र उपसभामुख फरक दलबाट हुने व्यवस्था संविधानले गरेको छ । एमाले र माओवादीबीच तत्काल एकता नगर्नुको कारण संविधानको यो धारा पनि कारक हुनसक्ने बुझिएको छ ।




