प्रदेश ७ को मुख्यमन्त्रीमा भट्टको सिफारिस भएपछि माओवादीमा विवाद


धनगढी, माघ २० गते । नेकपा (माओवादी केन्द्र) को प्रदेश–७ मा मुख्यमन्त्रीमा त्रिलोचन भट्टको नाम सिफारिस भएपछि सो विषयलाई लिएर केन्द्रभित्र विवाद देखिएको छ ।

एमालेसँगको सहकार्यमा माओवादीको भागमा प्रदेश–६ र ७ मा मुख्यमन्त्री पाएको छ । तर पार्टीको प्रदेश कमिटीले एकलौटी निर्णय गरेर प्रदेश ७ को मुख्यमन्त्रीमा भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको भन्दै विवाद उत्पन्न भएको हो।

प्रदेश–७ मा मुख्यमन्त्रीको दाबी गर्दै आएका दार्चुला ‘ख’ बाट निर्वाचित मानबहादुर धामीले आफू संसदीय दलको नेताका लागि पार्टीभित्र उम्मेदवारी दिने बताए।

प्रदेश–७ मा मुख्यमन्त्रीको दाबी गर्दै आएका दार्चुला ‘ख’ बाट निर्वाचित मानबहादुर धामीले आफू संसदीय दलको नेताका लागि पार्टीभित्र उम्मेदवारी दिने बताए। ‘पार्टीको प्रदेश कमिटिका इञ्चार्ज लेखराज भट्ट र संयोजक लक्ष्मणतदत्त जोसीले एकलौटी निर्णय गरेको उनले आरोप लगाए ।

उहाँहरुले संगठनको मूल्य मान्यता र विधिविधान विपरित निर्णय गर्नुभयो। म यसको विरोध गर्छु उनले भने । हामीसँग सल्लाह त गर्नुपर्ने हो नि’ आफू संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीमा समेत उम्मेदवारी दिने उनले बताए।

‘भोलि प्रदेशसभाको पहिलो बैठक बस्दै छ। त्यसपछि संसदीय दलको नेता चुन्ने प्रक्रिया सुरु हुन्छ। म पनि दाबी गर्छु, संसदीय दलमा जितेँमा मुख्यमन्त्रीमा उम्मेदवारी दिन्छु’, उनले भने,‘चुनावी प्रक्रियाबाट नै आउने हो। यो लोकतान्त्रिक पद्धति पनि हो। यसले पार्टीलाई सुदृढ गर्न मदत गर्छ।’

यता माओवादी केन्द्रका प्रदेश–७ इञ्चार्ज लेखलराज भट्टले भने आफूहरुले सबै जिल्लाका इञ्चार्ज र संयोजकसँग छलफल गरेर निर्णय गरेको बताए। ‘हामीले एकलौटी निर्णय गरेका होइनौँ। सबैसँग छलफल गरेर गरेका हौँ’,उनले भने।

‘हामीले विधिअनुसार नै गरेका हौँ। पार्टी अध्यक्षले नाम माग्नुभयो। हामीले सिफासि गर्यौँ।’ उनले पार्टीले गरेको निर्णय मान्नै पर्ने बताए।

उनले केन्द्रीय कमिटीले नाम मागेपछि विधिअनुसनार नै सिफारिस गरेको बताए। ‘हामीले विधिअनुसार नै गरेका हौँ। पार्टी अध्यक्षले नाम माग्नुभयो। हामीले सिफासि गर्यौँ।’ उनले पार्टीले गरेको निर्णय मान्नै पर्ने बताए।

धामी स्वतन्त्र सांसद त होइन होला नि ? पार्टीबाट नै जित्नुभएको हो भने पार्टीको निर्णय मान्नुपर्छ। होइन भने भोली पार्टीको अनुशासनको कुरा आउला।’ त्रिलोचन भट्टलाई पार्टीको प्रदेश समितिले शुक्रबार मुख्यमन्त्री बनाउन पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको थियो।

तर यसअघि आफू सिनियर भन्दै प्रदेश ७ को मुख्यमन्त्रीमा वीरमान चौधरी र धामीले दाबी गर्दै आएका थिए। सुदूरपश्चिमको सन्तुलन मिलाउन पनि कैलाली र कञ्चनपुरमा बाहुल्यता रहेको थारु समुदायबाट मुख्यमन्त्री बनाउनुपर्ने माओवादीभित्र वहस थियो ।

तपाईको प्रतिक्रिया