काठमाडौंमा फेरि ५.३ को धक्का


काठमाडौं, मंसिर ३ गते । काठमाडौं उपत्यकामा विहिबार फेरि ५.३ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ । 

सिन्धुपाल्चकलार्इ केन्द्र बनाएर बिहान ५.३ रेक्टर स्केलको पराकम्प गएको हो । काठमाडौं उपत्यकामा त्यसको धक्का महशुस भएको छ । कार्यालय शुरु हुने समय बिहान ठीक १० बजे धक्का महसुस भएको हो । धक्कापछि उपत्यकाबासीहरु घरबाट बाहिरिएका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाप्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको धक्का गएको   हो । वैशाख १२ गते गएको भूकम्पको पराकम्पनका कारण धक्का महुशस भएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया