
लक्ष्मी चौधरी
काठमाडौं, माघ २८ गते । केही दिन अगाडि काठमाडौंमा एक युवती सामुहिक बलात्कारमा परेको खबर सार्वजनिक भएको थियो । पीडित युवतीले प्रहरीमा जाहेरी दिईन् तर, प्रहरीकै मिलेमतोमा घटनालाई गुपचुप बनाउने प्रयास गरियो ।
पूर्वी नेपालको इटहरीमा उस्तै प्रकृतिको दोस्रो घटना घट्यो । एक बालिकामाथि भएको बलात्कार घटनालाई त्यहाँका प्रहरी इन्सस्पेक्टरले अनुसन्धानको विषय बनाउनुको सट्टा पीडित पक्षलाई नै ‘मिल्न’ धम्कि दिए । प्रहरीकै संलग्नतामा घटनालाई गुपचुप बनाउने प्रयास गरियो ।
त्यस्तै सुदुर पश्चिमकै कञ्चनपुरमा केही बर्ष अगाडि एउटा हाडनाता करणीसम्बन्धी घटना घटेको थियो । बालिका बलात्कारको शिकार बनेकाकारण गर्भधारण गर्नुप¥यो । त्यो घटनामा बालिकाको भविष्यको मूल्य पाँचहजार तोकेर घटना गोप्य राखियो । बलात्कारी भने एउटा धनाढ्य परिवारको भएकै कारण घटना लुकाइयो ।
राजधानी काठमाडौंमा भएको बलात्कार काण्डमा संलग्न ब्यक्तिहरु उच्च घरानीया भएको सञ्चारमाध्यममा सार्वजनिक भएका छन् । जसले लाखौं रुपैयाँको आर्थिक लोभ देखाएर र प्रहरीकै मिलेमतोमा घटना गुपचुप बनाउने प्रयास भयो ।
यी तीन घटना उदाहरण मात्र हुन् । महिला तथा बालबालिकाहरुमाथि भइरहेका हिंसाका घटना र ती घटनाप्रति संवेदनहिनता बढेको स्पष्टै देखिन्छ ।
राजधानी काठमाडौंमा भएको बलात्कार काण्डमा संलग्न ब्यक्तिहरु उच्च घरानीया भएको सञ्चारमाध्यममा सार्वजनिक भएका छन् । जसले लाखौं रुपैयाँको आर्थिक लोभ देखाएर र प्रहरीकै मिलेमतोमा घटना गुपचुप बनाउने प्रयास भयो । तर, सूचना र सञ्चारको बढ्दो पहुँचकाकारण राजधानीको मुटुमै भएको जघन्य अपराध लुक्न सकेन ।
सञ्चारमाध्यमहरुको निरन्तर खबरदारीपछि प्रहरीको उच्च तहबाटै घटना छानविन भइरहेको छ । यो त भयो राजधानीजस्तो सेवा सुविधा उपलब्ध रहेको ठाउँ । अत्यधिक सचेत मानिस बस्ने ठाउँ एवं सूचना र सञ्चारको पहुँच रहेको ठाउँको घटना ।
यस्तै घटनाहरु दुर्गम भेगका गाउँबस्तिमा समेत भइरहेका समाचार बेला–बेलामा सार्वजनिक भइरहन्छन् । तर, लोकलाज, डर वा घटनाबारे कहिं उजुरबाजुर गरेपनि न्याय नपाएको देखिन्छ । आशंकाका कारण प्रायजसो यस्ता घटनालाई लुकाउने गरिएको पाइन्छ । अझ कम उमेरका बालबालिकाहरुमाथि हुने यस्ता हिंसाका घटनाहरु दर्दनाक छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष ०७३÷७४ को एक वर्षको अवधिमा ११ हजार ६ सय २९ वटा घरेलु हिंसाका घटना घटेका छन् । जुन आव ०७२÷७३ मा भन्दा २ हजार २ सय ३१ ले बढी हो ।
पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन् । कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ । बोक्सीको आरोपमा असहाय महिलाहरू मारिनेदेखि हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन् ।
पछिल्लो समयमा नेपालमा महिला तथा बालबालिका माथि हुने हिंसाका घटना बढ्दै गएको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष ०७३÷७४ को एक वर्षको अवधिमा ११ हजार ६ सय २९ वटा घरेलु हिंसाका घटना घटेका छन् । जुन आव ०७२÷७३ मा भन्दा २ हजार २ सय ३१ ले बढी हो । आव ०७१÷७२ मा ८ हजार २ सय ६८ वटा घरेलु हिंसाका घटना घटेको नेपाल प्रहरीको तथ्यांकमा छ ।
यस्तै, नेपालमा एक वर्षको अवधि आव ०७३÷७४ मा एक हजार एक सय ३१ वटा जबरजस्ती करणीका घटना घटेका छन् । जुन आव ७२÷७३ मा भन्दा ८८ वटाले बढी हो । आव ०७२÷७२ मा एक हजार ८९ वटा जबरजस्ती करणीका घटना घटेका थिए । आव ०७१÷७२ मा ९ सय ८१ वटा जबरजस्ती करणीका घटना घटेका थिए ।आव ०७३÷७४ मा जबरजस्ती करणी उद्योगका ५ सय ३६, ०७२÷७२ मा ४ सय ५२ र ०७१÷७२ मा ५ सय ६२ वटा घटना घटेको छ ।
यस्तै, नेपालमा पछिल्लो समय मानव बेचविखनका घटना बढ्दो छ । प्रहरीको तथ्यांकले समेत घटना बढेको देखाउँछ । प्रहरीको तथ्यांकअनुसार आव ०७३÷७४ मा २ सय २७ वटा मानव बेचविखनका घटना घटेका छन् । आव ०७२÷७३ मा २ सय १२ र ०७१÷७२ मा एक सय ८१ वटा मानव बेचविखनका घटना घटेका थिए । अहिले विभिन्न प्रलोभनमा पारी विदेश लैजाने वहानमा मानव बेचविखन गर्नेक्रम बढ्दो छ । विदेशमा महिलाहरुले पाएका यातना र हिंसाका घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।
यौन व्यवसाय, सर्कसलगायत विभिन्न प्रयोजनकालागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदैआएको छ ।
यौन व्यवसाय, सर्कसलगायत विभिन्न प्रयोजनकालागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदैआएको छ । त्यस्तै रोजगारीकालागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिककारूपमा कामगर्ने महिलाहरूको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुनेगरेका छन् ।
महिला भएकै आधारबाट मानवअधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्याइने सबै किसिमको आघातलाई महिला हिंसाकारूपमा लिईन्छ ।
समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन् । पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ ।
सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्र संघ महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसकारूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै हरेक वर्षको २५ नोभेम्बरका दिन विश्वभर महिला हिंसाविरुद्ध दिवस मनाइन्छ ।
महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदकाकारण पनि महिलामाथि हिंसा भैरहेको छ । महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष ख्वाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घरव्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्नेगराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भैरहेका छन् ।
महिला हिंसाविरुद्ध बेला–बेलामा आवाजहरु उठ्ने गरेका छन् । प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिने महिला हिंसाविरुद्धको अभियान चलाइन्छ । सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्र संघ महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसकारूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै हरेक वर्षको २५ नोभेम्बरका दिन विश्वभर महिला हिंसाविरुद्ध दिवस मनाइन्छ ।
तर, प्रत्येक वर्ष महिला हिंसाविरूद्धको अभियानलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरेपनि महिला हिंसाको अवस्था भने जस्ताकातस्तै छ ।
यसरि विभिन्न संघ सस्थाले जतिसुकै कार्यक्रम गरेपनि बलात्कार भएका पीडित महिलाहरुले समाजमा कलङ्कित जिवन यापन गरिरहेका हुन्छन् । यहाँसम्मकी उसको घरपरिवारले समेत साथ छोडेको अवस्था हुन्छ । तर बलात्कार गर्ने पुरुष त्यही समाजमा सानको जिवन यापन गर्छन् । महिला तथा बालबालिकामाथि भइरहेका हिंसाका घटनाप्रतिको संवेदनहिनताका कारण पीडितले थप पीडा खप्न बाध्य छन् ।
यस्तोखालको घटनालाई पुर्णरुपले निर्मुल पार्नकालागि मानिसमा चेतना जगाउनुका साथै महिला तथा बालबालिकामाथि गरिने हिंसाका घटनाका पीडकलाई कठोर कानुनी कारबाही गरिनुपर्छ । अपराध लुकाउन खोज्नेहरुलाई थप सजायको भागिदार बनाईनु पर्छ । महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाप्रति समाज, नियम, कानुन, व्यवहार सबैमा अत्यन्त संवेदनशील बन्न जरुरी छ ।




