
काठमाडौं, माघ २८ गते । नेकपा (एमाले) ले प्रतिनिधिसभा समानुपातिक सूचीतर्फको नाममा टुंगो लगाएको छ । आफ्नो भागमा परेको ४१ जनाकै नाममा आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले टुंगो लगाएको हो । एमालेले ३७ जना महिला र चारजना पुरुषको नाम तयार गरेको छ ।
समानुपातिक सूचीमा तीन जना महिला थारु सांसद बनेका छन् । सांसद बन्नेमा शान्ता चौधरी (दाङ), गंगा सत्गौंवा (दाङ) र लक्ष्मीकुमारी चौधरी (कैलाली) रहेका छन् । सो मध्ये शान्ता र गंगा पूर्व सांसद हुन् ।
एमाले बैठकमा पार्टी एकताका विषयमा समेत छलफल भएको सचिव प्रदीप ज्ञवालीले बताउनुभयो । पार्टी एकताबारे बैठकमा छलफल भयो, पदका कारण पार्टी एकता टुटछकी भन्ने हल्ला चलेको छ तर, एमाले पदकैकारण एकता टुट्न नदिनेमा नेताहरुबीच छलफल भयो’ नेता ज्ञवालीले भन्नुभयो ।
पछिल्लो समय एमाले–माओवादी एकता टुट्ने हो कि भन्ने चर्चा हुन थालेका छन् । त्यस्तै एमाले बैठकमा आगामी फागुन २ वा ३ गते नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई पत्र बुझाउने विषयमा समेत छलफल भएको छ ।
बैठकमा केही नेताहरुले प्रदेश नं ३ को संसदीय दलको नेतामा प्रतिस्पर्धाको नाममा नेतृ अष्टलक्ष्मी शाक्यलाई हराएको विषयमा समेत नेतृत्वको आलोचना भएको थियो ।
को–को परे
१. मुकुन्द न्यौपाने (खसआर्य–पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति–पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र–पुरुष)
४. मोतीलाल दुगड (मधेसी–पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति–महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति–महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति–महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति–महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति–महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति–महिला)
११. नबिना लामा (आदिवासी जनजाति–महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति–महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति–महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति–महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य–महिला)
१६. बिन्दा पाण्डे (खसआर्य–महिला)
१७. गोमा देवकोटा (खसआर्य–महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य–महिला)
१९. निरुदेवी पाल (खसआर्य–महिला)
२०. मनकुमारी जिसी (खसआर्य–महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य–महिला)
२२. विष्णु शर्मा (खसआर्य–महिला)
२३. सरिता न्यौपाने (खसआर्य–महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य–महिला)
२५. तीर्था गौतम (खसआर्य–महिला)
२६. शान्ता चौधरी (थारु–महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु–महिला)
२८. गंगा चौधरी सत्गौवा (थारु–महिला)
२९. निरादेवी जैरु (दलित–महिला)
३०. बिमला विश्वकर्मा (दलित–महिला)
३१. बिमला विक (दलित–महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित–महिला)
३३. सानु शिवा (दलित–महिला)
३४. आशाकुमारी विक (दलित–महिला)
३५. जुलीकुमारी महतो (मधेसी–महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी–महिला)
३७. सरलाकुमारी यादव (मधेसी–महिला)
३८. रेखाकुमारी झा (मधेसी–महिला)
३९. सरिताकुमारी गिरी (मधेसी–महिला)
४०. कालिला खान (मुस्लिम–महिला)
४१. समिना हुसेन (मुस्लिम–महिला)




