
काठमाडौं, फागुन ३ गते । सरकारमा जाने या नजाने विषयमा एमालेसँग कुनै लिखित सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा सहभागी नभएको बताएको छ । सरकार गठनभन्दा आफ्नो लागि एकताको विषय महत्वपूर्ण रहेको सो दलको जिकिर छ ।
प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली विहबिार शपथ लिएलगत्तै ओलीले तीन सदस्यीय मन्त्रीमण्डल बनाउनुभयो । पहिलो चरणमा प्रधानमन्त्री ओलीले लालवावु पण्डित (जनसंख्या तथा वातावरण मन्त्री) र थममाया थापा (महिला तथा बालबालिका मन्त्री) लाई मन्त्री बनाउनुभयो ।
पार्टी एकताका विषयमा समेत लिखित सहमति हुन नसक्दा सरकारमा जाने हामी हतारो गर्दैनौं माओवादी केन्द्रका नेता मातृका यादवले भन्नुभयो, “जनताको म्याण्डेटअनुसार सरकारलाई समर्थन गरेका हौं, हाम्रोलागि सरकारभन्दा महत्वपूर्ण पार्टी एकताको विषय हो ।”
सरकारमा सहभागी हुँदा मन्त्रीको बरियता कायम हुनुपर्छ, त्यो अहिलेसम्म भएको छैन भन्दै नेता यादवले भन्नुभयो, पहिले एकताको आधार तय गर्छौ, त्यसपछि सरकारमा जाने नजाने कुरा टुङ्गो लाग्छ । “अहिलेसम्म मौखिक र जेन्टलमेन एग्रिमेन्ट मात्र हो एमालेसँग भएको, लिखित सहमति हुन बाँकी छ ।”
“अहिलेसम्म मौखिक र जेन्टलमेन एग्रिमेन्ट मात्र हो एमालेसँग भएको, लिखित सहमति हुन बाँकी छ ।”
सरकारमा जान एमाले हतारो गरेको नेता यादवले आरोप लगाउनुभयो । प्रक्रिया पु¥याएर गएको भएपनि हुन्थ्यो, त्यसकालागि एक दुई दिन ढिला हुन्थ्यो के फरक पथ्र्यौ ? जिज्ञासा गर्दै यादवले भन्नुभयो, “अध्यक्ष ओली पार्टीको संसदीय दलको नेता नछानिदै प्रधानमन्त्रीमा नियुक्ती लिए, सांसदको शपथ पनि लिएका छैनन् प्रधानमन्त्रीको शपथ लिइहाले ।”
अध्यक्ष ओलीले विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको नियुक्ती लिएपछि पार्टीको संसदीयदलको बैठक बसाउनुभएको थियो । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले संसदीयदलको बैठकले दिउँसो उनलाई संसदीयदलको नेतामा अनुमोदन गरेको थियो ।
पटक पटक वानटुवान भेटवार्ता भएसँगै एमाले र माओवादी केन्द्रका अध्यक्षबीच करिब ९५ प्रतिशत विषयमा सहमति बनेको समाचार बाहिर आएको थियो । गत असोज १७ गते चुनावी तालमेल र पार्टी एकताकालागि छबुँदे सहमति गरी अगाडि बढेका दुई दलको कुरा आखिर किन मिल्न सकेन ? जिज्ञासाको विषय हो । मओवादी पहिलो चरणमा सरकारमा सहभागी नभएपनि अर्को चरणमा जाने एमाले नेताहरुको दावी छ ।
एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका विषयमा दुई दलबीच अझै कुरा मिल्न नसकेकाकारण माओवादी तत्काल सरकारमा सहभागीता नजनाएको बताउनुभयो । दुवै पार्टीको वैचारिक, संगठनात्मक र सैद्धान्तिक विषयमा कुरा मिल्न बाँकी छ, त्यो मिलेपछि माओवादी सरकारमा आउँछ गौतमले भन्नुभयो “हामीले जनताको बहुदलीय जनवाद (जवज) छाडेका छैनौं, माओवादीले २१ औं शताब्दीको जनवाद अर्थात माओवाद छाड्दैन भनेको छ ।”
एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका विषयमा दुई दलबीच अझै कुरा मिल्न नसकेकाकारण माओवादी तत्काल सरकारमा सहभागीता नजनाएको बताउनुभयो ।
मन्त्रीमण्डलमा सहभागी हुँदा मन्त्रीको बरियाताको विषय पनि मिल्न बाँकी छ, त्यस विषयमा माओवादीले आन्तरिक छलफल गर्ला, प्रधानमन्त्रीसँग पनि छलफल गरेर टुंगो लगाउला उपाध्यक्ष गौतमले भन्नुभयो । माओवादीले पार्टी एकताका विषयमा आधारभूत एकताको लिखित प्रमाण खोजेको छ, जुन हामीले दिन सकेका छैनौं उपाध्यक्ष गौतमले चाँडै दुवै दलबीच पार्टी एकताको लिखित सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
तर माओवादी नेता यादवले एमाले नेतृत्वको सरकारलाई पार्टीको समर्थन रहेको बताउनुभयो । सरकारमा गएर वा नगएर पनि समर्थन गर्छौं तर पार्टी एकता प्रक्रियामा सम्मानजनक हैसियत हामी खोज्छौं यादवले भन्नुभयो ।




