संघीय संसदको पहिलो बैठक आव्हान, फागुन २१ गते बानेश्वरमा बस्ने


काठमाडौं, फागुन ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसदको पहिलो बैठक फागुन २१ गतेकालागि आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान गर्नुभएको हो । संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया