महिलाको भागमा प्रदेश उपसभामुख, सातवटै प्रदेशमा महिला मात्रै उपसभामुख


काठमाडौं, फागुन ७ गते । प्रदेश सभामुख कोही महिला नभएपनि प्रदेश उपसभामुखको भाग महिलालाई परेको छ । सातवटै प्रदेशमा महिला मात्र दलीय सहमतिमा उपसभामुख भएका छन् ।

प्रदेश ४, ५ र ७ मा आइतबार निर्वाचित भएसँगै सातै प्रदेशका उपसभामुख महिला भएका छन् । प्रदेश १, २, ३ र ६ मा यसअघि नै चयन भएका उपसभामुख पनि महिला नै हुन् ।

प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित भइन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसद्को मत विभाजनका आधारमा निर्वाचित भएकी हुन् । उनलाई आइतबार नै सभामुख नेत्रनाथ अधिकारीले शपथग्रहण गराए ।

प्रदेश ५ को उपसभामुखमा पूर्वकमलरी बर्दियाकी ४२ वर्षीया कृष्णी थारू निर्वाचित भइन् । राजापुर नगरपालिका–४ बर्दियाकी थारूलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो ।

प्रदेश ५ को उपसभामुखमा पूर्वकमलरी बर्दियाकी ४२ वर्षीया कृष्णी थारू निर्वाचित भइन् । राजापुर नगरपालिका–४ बर्दियाकी थारूलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो ।

प्रदेश ७ को उपसभामुखमा निर्मला बडाल जोशी निर्वाचित भएकी छन् । उनी दार्चुलाबाट माओवादी केन्द्रको समानुपातिक प्रदेशसभा सदस्य हुन् ।

प्रदेश १ को उपसभामुखमा सरस्वती पोखरेलको मात्र उममेदवारी परेकोले उनी निर्विरोध भएकी थिइन् । सुनसरीकी पोखरेल प्युठानमा जन्मिएकी हुन् ।

प्रदेश नम्बर २ मा उपसभामुख बनेकी सप्तरीकी उपमा देव समान्य पारिवारिक पृष्ठभूमिकी हुन् । उनी समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य बनेकी हुन् । स्नातक गरेकी देवले ८ वर्षअघि संघीय समाजवादी फोरम नेपाल प्रवेश गरी राजनीतिक यात्रा शुरु गरेकी थिइन ।

प्रदेश नम्बर ३ की उपसभामुखमा नुवाकोटकी राधिका तामाङ २०५४ मा तत्कालनि मओवादी विद्यर्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध थिइन् ।

प्रदेश ६ की उपसभमुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्ट निर्विरोध भएकी हुन् ।

तपाईको प्रतिक्रिया