थारु समुदायबाट मन्त्री बनाउन वाम गठबन्धनसँग थारु अगुवाहरुको माग


काठमाडौं, फागुन १३ गते । थारु समुदायले नयाँ सरकारमा थारु समुदायको सहभागीता सुनिश्चित्ताको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा थारु मन्त्रीको माग गरिएको छ ।

थारु युवा सभाको आयोजनामा आइतबार यहाँ गरेको पत्रकार सम्मेलनमा सो माग गर्दै थारु समुदायको मन्त्री नबने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

एमाले केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले कम्तिमा एकजना थारु भएपनि मन्त्री अनिवार्य रहेको बताउनुभयो । सो विषयमा प्रधानमन्त्री ओलीसँग पनि कुरा आफूले गरेको उहाँले बताउनुभयो ।

लोकतान्त्रिक आन्दोलन सफल गर्नमा थारु समूदायको महत्वपूर्ण योगदान रहेकाले थारुको प्रतिनिधित्व अनिवार्य रहेको थारु अगुवाहरुले बताएका छन् । समावेशी–समानुपातिक सिद्धान्तअनुसार पनि थारुको सहभागिता सरकारमा हुनुपर्ने माग थारु अगुवाहरुको    छ ।

सभाका अध्यक्ष कानूनलाल चौधरीले राज्यले थारु समूदायलाई उपेक्षा गरिरहेको आरोप लगाउनुभयो । थारु समुदायबाट मन्त्री बनाउन थारु युवाले खवरदारी गर्ने बताउनुभयो । हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं, थारु समुदायबाट मन्त्री प्रतिनिधित्व गराइयोस् ।

लोकतान्त्रिक आन्दोलन सफल गर्नमा थारु समूदायको महत्वपूर्ण योगदान रहेकाले थारुको प्रतिनिधित्व अनिवार्य रहेको थारु अगुवाहरुले बताएका छन् । समावेशी–समानुपातिक सिद्धान्तअनुसार पनि थारुको सहभागिता सरकारमा हुनुपर्ने माग थारु अगुवाहरुको छ ।

थारु अगुवा सुरेन्द्र चौधरीले सरकारमा थारु समूदायको सहभागिता सम्मानजनक रुपमा हुनुपर्ने बताउनुभयो । संविधान बनाउन, गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थारु समूदायलाई सरकारमा सहभागी गराउन अनिवार्य रहेको तर्क उहाँको छ ।

थारु कल्याणकारिणी सभा उपत्यका समितिका सचिव तुलसी थारुले पनि सरकारमा थारु समूदायको सहभागिता आवश्यक भएको बताउनुभयो । ७ वटा प्रदेशमा एकजना पनि मुख्यमन्त्री नबनाईएको भन्दै उहाँले गुनासो पोख्नुभयो ।

तपाईको प्रतिक्रिया