थारु म्युजिक भिडियोदेखि लोकदोहोरी गीतमा समेत रितुको धमाका


भगतराम थारु
नेपालगन्ज, फागुन २० गते । बर्दिया बारबर्दिया ९ कोनैथी घर भएका थारुचेली नामै काफि छ रितु नानु चौधरी । छोटो समयमै आफ्नो थारु भाषाको गीतमा चर्चा कमाएकी छिन् । रितुलाई थारु म्युजिक भिडियोदेखि नेपाली म्युजिक भिडियोमा भ्याई नभ्याई भएको छ ।

रितु आफनो कलाकारिता र अभिनयले छोटो समयमै चर्चामा आउन सफल भएकी हुन् । लगनशिल रितु आफ्नै लगानीमा कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । मेहनतीलो रितु केही समय बैंकमा जागिरे भएको पैसाले जोहो गर्दै कलाकारितामा प्रवेश गरेकी हुन् ।

नास्ता खाजा र तलबबाट अलि अलि बचाएको पैसाले कलाकारिता क्षेत्रमा प्रबेश गरें अहिले कलाकारिता नै रमाईलो लाग्छ रितुले भनिन् । घरमा आमाबुवा, दुई दिदिवहिनी र आफूमात्र रहेको उनी बताउँछिन् । कलाकारिता क्षेत्रमा नसा लागिसक्यो अव कलाकारिता क्षेत्रमै जिवन वित्ने उनले बताईन् ।

कलाकारिता क्षेत्रमा पहिले पहिले खुवै मेहनत गरे र गाह्रो समेत लाग्ने गरेको रितु पछिल्लो समयमा सहज भएको बताउँछिन् । कलाकारितामा पैसा नभए पनि मेरो नामै काफि भैसक्यो अव म कला क्षेत्रलाई छोड्न सक्दैन उनले भनिन् ।

थारु कलाकार रितु नानु चौधरीले नेपाली गीतमा मोडलिङ गरेकि छिन् । थारु भाषाको गीतमा चर्चा कमाएकी रितु नानुले पछिल्लो समयमा नेपाली म्युजिक भिडियोमा समेत मुख्य कलाकारको भुमिकामा देखिएकी छिन् । थारु म्युजिक भिडियोमा भ्याई नभ्याई भएका रितु नानुले एक बर्षभित्रै कलकारिता क्षेत्रमा जम्न सफल भएकि छिन् ।

थारु भाषाको म्युजिक भिडियोमा चर्चा कमाएकी रितु अहिले भर्खरै बजारमा नेपाली लोकगीत जवानीको जोसमा भन्ने बोलको गीतमा सुटिङ गरेकि छिन् ।

थारु भाषाको म्युजिक भिडियोमा चर्चा कमाएकी रितु अहिले भर्खरै बजारमा नेपाली लोकगीत जवानीको जोसमा भन्ने बोलको गीतमा सुटिङ गरेकि छिन् । जवानीको जोसमा बोलको गीतमा निर्देशन शव्द संगित कपिल मगरको छ भने, छायाङकन अरुणकुमार सुनार, सम्पादन प्रेम कुमार थारुको रहेको छ ।

जवानीको जोसमा बोलको गीतमा स्वर कपिल मगर र शोभा छटकुलीको रहेको छ । गीतको म्युजिक भिडियोमा कलाकार कपिल मगर, रनसिह थापा, सविता राई र रितु चौधरीले अभिनय गरेका छन् ।

रितुले एक बर्षभित्रै ७÷८ वटा थारु म्युजिक भिडियोमा अभिनय गरिसकेकि छिन् । बोलो न बोलो बताउ न बताउ अपन तु मनके बात लभ यु कहो इ ज्यान तोहार हो, गोहर गोहर गाल तोहर फेसन बा कमाल, गरियानमे आग लगाके मचाईलो धमाल, बन्दिदी थुम्का लगाके, नाचो हो छमिया तु लेहगा उराके, थारु हाई मोर दारर्लिङग टु, प्यार भरल दिलसे तो प्यास बुझाके कम्मर मर्कादेउ एक्क चुटकीमा एक्क चुटकीमा मन परल तोहार चवन्नी मुस्कीमा लगायतका गितमा भ्युजिक भिडियोमा अभिनय गरेकि छिन् ।

तपाईको प्रतिक्रिया