भक्तपुर, फागुन २२ गते । भक्तपुरको गठ्ठाघरमा गुडिरहेको बसको ढोकाबाट खसेर परिचालकको ज्यान गएको छ । मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा रहेको साझा पेट्रोल पम्प नजिकैको ओरालोमा सोमबार बेलुका दुर्घटना भएको थियो ।
बा २ ख ६९७६ नम्बरको गाडीको ढोकाबाट खसेर गाडीका परिचालक (खलाँसी) रौतहट लक्ष्मनीया निवासी लक्ष्मण चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
गाडीबाट खसेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा मध्यपुर अस्पताल ठिमीमा ज्यान गएको हो । बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।




