थारुको मौलिक शैलीको परम्परागत संस्कार झल्काउने चित्राङ्कित गरिदै


सुनिल चौधरी
झुम्का, फागुन २३ गते । थारु समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन रामधुनी ५ स्थित जिल्ला थारुकल्याणकारी भवनको भित्तोमा पौराणिक संस्कारहरुलाई चित्राङ्कित गरिएको छ ।

मौलिक शैलीको परम्परागत पौराणिक संस्कार महिलाले ढेकी कुटेको, जातो चलाएको, गोवाहली (गोठ) मा बसघरा नजिकै बैलगाडा (गरि) रहेको चित्राङ्कित हेर्दा साच्चै आदिवासीहरुले गाउँघरमा गरीने संस्कारको झल्को आउछ । यतिमात्रै हैन आँगनमा महिलाले ढेकीमा चिउरा कुट्दै गरेको र धान कुट्नकालागी घानी तयारी गर्न चुलोमा सन्ठिले चलाईरहेको हेर्दा आफनै हजुरआमाले पहिले धानकुट्दाको वास्तविक महसुस हुने चित्राङ्कित गरिएको छ । सो चित्र हरिशंकर चौधरीले मेहनतका साथ बनाइरहेका छन् ।

एशीयाकै जेष्ठनागरीक १ सय ४१ बर्षिय बिरनारायण माझिले सिल्यानयास गरेका हुन । भवनको समुद्धघाटन भएदेखि संरक्षणको अभाव देखिएको थियो हाल भवन पुरानो भएपनि जिल्ला कार्यसमितिबाट रंगरोगनगरी संरक्षण भइरहेको छ ।

सो जिल्ला थाकस भवन २०५३ सालमा सिलन्यास भई दताहरुको सहयोगमा निर्माण भएको थियो । एशीयाकै जेष्ठनागरीक १ सय ४१ बर्षिय बिरनारायण माझिले सिल्यानयास गरेका हुन । भवनको समुद्धघाटन भएदेखि संरक्षणको अभाव देखिएको थियो हाल भवन पुरानो भएपनि जिल्ला कार्यसमितिबाट रंगरोगनगरी संरक्षण भइरहेको छ ।

थारु कल्याणकारी सभा रामधुनी समितिको पहलमा भित्तोमा चित्रबनाउने कार्य भईरहेको छ । थाकस भवनको सभाहलमा धुम्रानाच नाचेको, बिवाहमा बोक्ने भारभरिया, महिलाहरु खेत रोपेको, पुरुषहरुले खेतमा हल्लो जोत्दै गरेको चित्रद्धारा देखाई आदिवासीले आफैले तयार गरेको साधनबाट सबै कामगरी जिविकोपार्ज गर्ने गर्थे सो संस्कारलाई प्रवद्र्धन गर्न चित्राङ्कित गर्न खोजिएको थाकस भासिखण्ड अध्यक्ष राजकुमार चौधरीले बताए ।

अवलोकनकर्ताले हेर्दा पहिलेको संस्कारमै रहेको अनुभूति मिलोस् भन्ने उद्देश्यले चित्र निर्माणमा मौलिकता दिइएको चित्र बनाउने हरिसंकरले बताए । थारुको पुख्र्यौलीमा गर्दै आएको संस्कार पहिचान भएको भन्दै अहिले लोप भैरहेको हुदा थारु पहिचानकालागि थाकस भासिखण्डको पहलमा बनाउन लागेको सचिव अनन्तराम चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया