वाम गठबन्धनको सांसदलाई दलकोतर्फबाट नेताहरुको संयुक्त ह्वीप


लक्की चौधरी
काठमाडौं, फागुन २७ गते । वाम गठबन्धन दलमाआवद्ध नेकपा (एमाले) र माओवादी केन्द्र दुवै दलका अध्यक्षले संसदीयदलको नेता, प्रमुख सचेतक तथा अध्यक्षको हैसियतमा प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप (निर्देश) जारी गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार अपारान्ह साढे १२ बजे बसेको दुवै दलको संयुक्त संसदीयदलको बैठकमा अध्यक्षद्वयले त्यस्तो निर्देश गर्दै बैठकमा अनिवार्य उपस्थितिको निर्देश गरे । प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा बैठकमा आज अपरान्ह ३ बजे बस्ने बैठकमा विश्वासको मत प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीमाथि विश्वास छ भनेर प्रमाणित गरेर देखाउन आग्रह र निर्देश गरे । “थाहै थियो, किन भन्यो भनेर नभन्नु होला, यो विधिको कुरा हो, संसदीय विधिअनुरुप म विश्वासको मतको पक्षमा मत जाहेर गर्न निर्देश गर्दछुँ” प्रम ओलीले भने ।

“विपक्षीहरु घोडाभन्दा बग्गी अगाडि र गोरुभन्दा गाडा अगाडि गर्ने प्रयास गरिरहेका छन्, त्यसमा सचेत हुनुहोला” अध्यक्ष ओलीले भन्नुभयो, “अनिवार्य उपस्थिति जनाउनुहोला, काममा अल्झिने, फँस्ने काम नगर्नुहोला ।”

“विपक्षीहरु घोडाभन्दा बग्गी अगाडि र गोरुभन्दा गाडा अगाडि गर्ने प्रयास गरिरहेका छन्, त्यसमा सचेत हुनुहोला” अध्यक्ष ओलीले भन्नुभयो, “अनिवार्य उपस्थिति जनाउनुहोला, काममा अल्झिने, फँस्ने काम नगर्नुहोला ।”

पाँच वर्षे स्थिर सरकार दिएर मुलुकको आर्थिक समृद्धि कायम गर्ने जिम्मेवारी हामीमाथि छ, स्वच्छेता, प्रभावकारी र दूरदृष्टिकासाथ सरकार अघि बढाउँछौं प्रम ओलीले भने । दुवै दलको एकता प्रक्रिया जारी रहेकाले चाँडै त्यसले औपचारिकता पाउने भन्दै प्रम ओलीले मिलेरै देश बनाउने प्रतिवद्धता जाहेर गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अभिमत र भरोसाअरुप अगाडि बढ्नुपर्ने जिम्मेवारी रहेकाले सोहीअनुसार काम गर्न केन्द्रका सांसदलाई निर्देश गरे । ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत जाहेर गर्न उनले संसदीयदलको नेता र अध्यक्षको हैसियतले ह्वीप जारी गरे । ऐतिहासिक आवश्यकताअनुसार दुवै दल अघि बढेकाले जिम्मेवारी पूरा गर्न उनले सबैलाई निर्देश गरे ।

अहिले नवनिर्वाचित सभामुख कृष्णबहादुर महरालाई बधाई दिन संसद बैठक चलिरहेको छ । दलीयरुपमा बधाई दिने कार्यक्रम भइरहेको छ । एक दललाई पाँच मिनेको समय बधाइ र शुभकामनाकालागि सभामुख महराले तय गरेका छन् ।

तपाईको प्रतिक्रिया