राष्ट्रपतिमा दोस्रो पटक विद्या भण्डारी निर्वाचित, शपथ बुधबार साँझ ४ बजे


लक्की चौधरी
काठमाडौं, फागुन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा दुई तिहाई बहुमतकासाथ निर्वाचित हुनुभएको    छ । उहाँ बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार भएको निर्वाचनबाट भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । भण्डारीसँग नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्नुभएको थियो । भण्डारी ३९ हजार २७५ मतभारकासाथ सो पदमा निर्वाचित हुनुभयो भने कांग्रेसकी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभयो ।

भण्डारी ३९ हजार २७५ मतभारकासाथ सो पदमा निर्वाचित हुनुभयो भने कांग्रेसकी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभयो ।

भण्डारीले निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल ५२ हजार ५०१ मतको बहुमत प्राप्त गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । राष्ट्रपतिमा निर्वाचित भण्डारीको प्रतिद्वण्द्वी राईभन्दा २७ हजार ५४५ मत बढी हो । नेपालको संविधान धारा ६२ (३) मा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन आयोगले विहान १० देखि अपरान्ह ३ बजेसम्म मतदानको समयसीमा निर्धारण गरेको थियो । निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य गरी कुल ८६२ जनाले मतदान गर्नुभएको थियो । भण्डारीलाई संघीय संसदका २४५ र प्रदेश सभाका ४१५ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, कांग्रेसका उम्मेदवार राईलाई संघीय संसदका ७८ र प्रदेश सभाका ११६ जनाले मतदान गर्नुभएको थियो । निर्वाचन कार्यालयकाअनुसार संघीय संसदका ३ र प्रदेश सभाका ५ मत वदर भएको थियो । निर्वाचनमा १७ जना सांसद अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार संघीय संसदका चार र प्रदेशसभाका १३ जना सांसद अनुपस्थित रहनुभयो ।

निर्वाचनमा १७ जना सांसद अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार संघीय संसदका चार र प्रदेशसभाका १३ जना सांसद अनुपस्थित रहनुभयो ।

कुल ३३४ सदस्यीय संघीय सांसदमध्ये नयाँ शक्तिका डा. बाबुराम भट्टराई, कांग्रेसका जितेन्द्रनारायण देव, नेमकिपाका प्रेम सुवाल र सांसद रमेश यादव अनुपस्थित रहनुभयो । त्यस्तै, कुल ५५० सदस्यीय प्रदेशसभाका १३ सांसद अनुपस्थित रहनुभयो । प्रदेश सांसदहरुमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैंजु अनुपस्थित रहेको आयोगले बताएको छ ।

त्यस्तै, सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुभएको डा. युवराज खतिवडा, रामनारायाण विडारी, र विमला राई पौडेलले पनि मतदानमा भाग लिन पाउनुभएन । नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले निर्वाचनमा भाग नलिने निर्णय गरेका थिए । संघीय संसदको एक सदस्यको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ रहेको थियो ।

राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ बुधबार ४ बजे लिनुहुनेछ । प्रधानन्यायाधीश गोपाल पराजुलीले उहाँलाई शपथ गराउनु हुनेछ ।

राष्ट्रपति भण्डारी बारे
राष्ट्रपतिमा मंगलबार दोस्रो पटक निर्वाचित विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते रुपान्तरित व्यवस्थापिका संसदबाट पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । उहाँ राष्ट्रप्रमुखका रुपमा देशको नेतृत्व गर्ने विश्वका अन्य २५ महिलापछि २६ औं महिलामा पर्नुहुन्छ ।

२०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा जन्मनुभएको राष्ट्रपति भण्डारी स्वर्गीय एमाले नेता मदन भण्डारीको श्रीमती हुनुहुन्छ । उहाँहरु २०३९ सालमा विवाहबन्धनमा बाँधिनुभएको थियो । भोजपुरको पदमोदय माध्यमिक विद्यालयमा अध्ययनरत रहेकाबेला उहाँ नेपाल कम्युनिष्ट आन्दोलनप्रति आकर्षित हुनुभएको थियो । २०३७ सालमा तत्कालिन नेकपा (माले) निकट अखिल नेपालल महिला संघको सदस्य बन्नुभएको थियो ।

राष्ट्रपति भण्डारी २०५० सालमा भएको उपनिर्वाचनमा काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचित हुनभएको थियो । त्यस्तै, २०५१ र २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ पटक पटक गरी तीन पटक निर्वाचित हुनुभएको थियो ।

नेता मदन भण्डारीको २०५० साल जेठ ३ गते सडक दुर्घटनामा निधन भएपछि राष्ट्रपति भण्डारी थप राजनीतिमा सक्रिय हुनुभएको थियो । २०५४ मा सम्पन्न छैठौं महाधिवेशनबाट उहाँ एमालेको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, २०५९ सालमा सम्पन्न सातौं महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भण्डारी ०६५ मा सम्पन्न आठौं महाधिवेशनबाट पार्टीको केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुन सफल हुनुभएको थियो । सोहीअनुसार २०७१ को नवौं महाधिवेशनबाट पनि उहाँ पुनः उपाध्यक्षमा नै निर्वाचित हुनुभयो ।

राष्ट्रपति भण्डारी २०५० सालमा भएको उपनिर्वाचनमा काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचित हुनभएको थियो । त्यस्तै, २०५१ र २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ पटक पटक गरी तीन पटक निर्वाचित हुनुभएको थियो ।

महिला अधिकारकालागि निरन्तर संघर्षरत रहनुभएकाबेला राष्ट्रपति भण्डारी २०५५ सालमा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पदमा रहँदा उहाँले लैङ्गिक समानता, महिला अधिकार, समान ज्याला, महिला शिक्षा, घरेलु हिंसा उन्मुलन र समानताका लागि संघर्ष गर्नुभएको थियो ।

राज्यको हरेक अङ्गमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वका विषयलाई उहाँले संसद बैठकमा पहिलो पटक विशेष प्रस्ताव पेश गर्नुभएको थियो । सोही प्रस्तावअनुरुप २०७२ असोज ३ गते जारी नयाँ संविधानमा महिलाको ३३ प्रतिशत अधिकार सुनिश्चित भयो ।

२०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको राष्ट्रपति भण्डारी २०६६ सालमा रक्षामन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया