
काठमाडौं, फागुन ३० गते । आमरण अनशनले स्वास्थ्यअवस्था प्रतिकुल भएपछि थप उपचारकालागि वीर अस्पताल भर्ना गरिएका सांसद रेशम चौधरीको साङ्लोले बाँधेर उपचार भइरहेको छ ।
प्रतिनिधिसभाको एकजना जननिर्वाचित सांसदलाई यसरी साङ्लोले बाँधेर उपचार गरिनु गलत भएको भन्दै राजपाले गम्भीर आपत्ति जनाएको छ । त्यसको थारु समुदायका प्रतिनिधिले पनि आपत्ति जनाएका छन् । भारी मतकासाथ जननिर्वाचित सांसदप्रति गरिने व्यवहार ठीक नभएको बुझाई धेरैको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायतका नेताहरु चौधरीको अवस्था बुझ्न अस्पताल पुग्दा चौधरी भक्कानिनुभएको थियो । साङ्लोमा बाँधेर राखिएको अवस्थामा चौधरीलाई देखेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाटै फोन गरी आक्रोश पोख्नुभएको थियो।
फागुन २० गतेदेखि कैलाली कारागारबाट आमरण अनसन शुरुगरेका रेशम चौधरीको स्वास्थ्यअवस्था विग्रेपछि थप उपचारकालागि फागुन २६ गते शनिबार काठमाडौं ल्याइएको थियो । उता कैलालीका अन्य राजबन्दीले भने अनशन तोडिसकेका छन् ।
चौधरी राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेर कैलाली १ बाट निर्वाचित हुनुभएको हो । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायतका नेताहरु चौधरीको अवस्था बुझ्न अस्पताल पुग्दा चौधरी भक्कानिनुभएको थियो । साङ्लोमा बाँधेर राखिएको अवस्थामा चौधरीलाई देखेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाटै फोन गरी आक्रोश पोख्नुभएको थियो।
‘हामी आउदा त जञ्जिरमा बाँधेर राखिएको अवस्था छ भने हाम्रो अनुपस्थितिमा चौधरीप्रति कस्तो व्यवहार भइरहेको होला ?’ भन्दै ठाकुले प्रधानमन्त्री ओलीलाई फोनमा आक्रोश पोखेका पोख्नुभएको थियो ।




