कसैलाई आस्थाका आधारमा भेदभाव गर्दैनः सञ्चार प्रविधि मन्त्री बास्कोटा


लक्की चौधरी
काठमाडौं, चैत २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचनामा सबैको गुणस्तरीय पहुँचकालागि काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सूचना प्रविधि राज्यमन्त्रीको शपथ खाई क्याविनेट बैठकमा सहभागी हुने हैसियतले मन्त्रालयको शुक्रबार पदभार ग्रहण गर्नुहुँदै मन्त्री बास्कोटाले फाष्टट्रयाकमा सूचना प्रविधिको विकासमा काम गर्ने बताउनुभयो । अहिलेसम्म रहेका कमजोरी पत्ता लगाई त्यसलाई सुधार गर्ने उहाँले बताउनुभयो । सञ्चारक्षेत्रमा आएको क्रान्तिले समाजलाई आधुनिकीकरण गरेपनि केही अप्ठेरा पनि थपिरहेको उहाँले चर्चा गर्नुभयो ।

“पूर्व सञ्चारकर्मीको हैसियतमा मसँग केही सुधारका योजना छन्, त्यस विषयमा सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्छुँ” उहाँले भन्नुभयो ।

चक र डस्टरको युग समाप्त भएकाले अव मन्त्रालयलाई आधुनिकस्तरमा लैजाने प्रतिवद्धता मन्त्री बास्कोटाले जनाउनुभयो । सूचनामा नागरिकको पहुँच स्थापित गर्ने र सुलभ गर्नेमा आफ्नो ध्यान केन्द्रीत हुने उहाँले प्रतिवद्धता जनाउनुभयो । “पूर्व सञ्चारकर्मीको हैसियतमा मसँग केही सुधारका योजना छन्, त्यस विषयमा सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्छुँ” उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको परामर्शमा यस क्षेत्रको सुधारमा अघि बढ्ने बताउनुहुँदै मन्त्री बास्कोटाले सञ्चार क्षेत्रमा नियमनको खाँचो औल्याउनुभयो । मिडिया स्वयम् आफैलाई पनि सुधार गर्न आवश्यक रहेको बताउनुहुँदै उहाँले मिडियाले स्वतन्त्रता र सस्तो लोकप्रियतामात्र खोज्न नहुने बताउनुभयो । निजीक्षेत्रको लगानीमा फष्टाइरहेको मिडिया र सरकारी क्षेत्रलाई सहकार्य र हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

मिडिया क्षेत्रका सरोकारवालाहरुसँगको परामर्श र सुझावका आधारमा द्रुतगतिमा काम गर्ने मन्त्री बास्कोटाले भन्नुभयो, “म आफै पनि अहिलेसम्म कुनै न कुनै मिडियासँग सम्बन्धित छुँ, यस क्षेत्रको सुधार र मिडियाकर्मीको समस्या समाधानमा ध्यान दिन्छुँ ।” मुलुक संघीयतामा गएकाले मिडिया क्षेत्रलाई पनि प्रादेशिक विकास गर्नेगरी अघि बढ्ने उहाँले बताउनुभयो ।

“हाम्रा मिडियाले नकारात्मक कुराकोविरुद्ध औंला ठड्याओस् र सकारात्मक कुरामा ताली बजाउन पनि सिकोस्” भन्नुहुँदै मन्त्री बास्कोटाले सरोकारवाला सबैसँगको परामर्शका आधारमा आत्मविश्वासका साथ कामगर्ने प्रतिवद्धता जनाउनुभयो । आफू मन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सबैको रचनात्मक साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

“देश र जनताको अपेक्षा पूरागर्ने काममा सञ्चारजगत सहयोगी भूमिका खेल्नुपर्छ, नकारात्मकमात्र बन्नु हुँदैन” मन्त्री बास्कोटाले भन्नुभयो, “सबैको सुझाव, सहयोग र परामर्शले टीम स्पिरिटकाआधारमा काम गर्छु, कसैलाई भेदभाव गर्दिनँ ।” उद्देश्य र उपलब्धीलाई केन्द्रीत गरेर काम गर्ने बताउनुहुँदै मन्त्री बास्कोटाले काम गर्ने सिलसिलामा सही र तथ्यपूर्ण सूचना दिन मन्त्रालयका कर्मचारीहरुलाई निर्देश गर्नुभयो ।

म कसैलाई आस्थाका आधारमा भेदभाव गर्दैन” मन्त्री बास्कोटाले थप्नुभयो, “चुक्ली लगाउने काम गर्दै नगर्नुहोला, खुलस्त कुरा गर्नुहोला, यदि र तर जोडेर जिम्मेवारीबाट पन्छिने छुट कसैलाई हुँदैन ।”

“भाषण एउटा काम अर्को गर्ने परिपाटी विल्कुल अब अन्त्य हुन्छ, म कसैलाई आस्थाका आधारमा भेदभाव गर्दैन” मन्त्री बास्कोटाले थप्नुभयो, “चुक्ली लगाउने काम गर्दै नगर्नुहोला, खुलस्त कुरा गर्नुहोला, यदि र तर जोडेर जिम्मेवारीबाट पन्छिने छुट कसैलाई हुँदैन ।”

मन्त्रालयको सही सूचना आफूलाई दिन निर्देश गर्दै मन्त्री बास्कोटाले सही सूचना दिएबापत कसैलाई केही समस्या नपर्ने कर्मचारीहरुलाई आश्वास्त पार्नुभयो । मन्त्रालयको आफ्नै मर्यादा र कामगर्ने उद्देश्य भएकाले मन्त्रालयकै कर्मचारीहरुको सहयोग, सहकार्य र सुझावका आधारमा आफू अघि बढ्ने उहाँले बताउनुभयो ।

“एक जमानामा पत्रिका भनेकै गोरखापत्र थियो, अहिले निजी अखबार धेरै आएका छन्, अव समयानुकुल प्रतिस्पर्धी बन्नेमा सरकारी मिडियाले ध्यान दिनुपर्छ” भन्नुहुँदै मन्त्री बास्कोटाले प्रतिस्पर्धी र गुणस्तरीय बनाउन मन्त्रालयको तर्फबाट सबै साथ सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । “मिडिया हाउसले के गर्ने, सरकारले मन्त्रालयले कतिसम्म गरिदिनुपर्ने योजना बनाएर अघि बढौं, सुधार गर्न सकिन्छ” उहाँले भन्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव केदारप्रसाद अधिकारीले सञ्चार मन्त्रालय अन्तर्गत पर्ने कामको जिम्मेवारीका विषयमा व्रिफिङ गर्नुभयो । सञ्चार मन्त्रालय अन्तर्गत पर्ने हुलाक सेवा, नेपाल टेलिकम, सूचना विभाग, मुद्रण विभाग, प्रेस आदिका विषयमा संक्षिप्त जानकारी गराउनुहुँदै उहाँले मन्त्रीबाट स्पष्ट दिशानिर्देश पाउने अपेक्षा गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव, सहसचिव, गोरखापत्र संस्थानका अध्यक्ष, महाप्रबन्धक, सूचना विभागका रजिष्ट्रार, नेपाल टेलिकमका प्रमुख, सरकारी सञ्चार माध्यमका प्रमुख र सञ्चारसँग सम्बद्ध प्रमुख र पत्रकारको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया