काठमाडौँ, चैत ३ गते । विभिन्न माग राखी अनसनमा रहनुभएका रेशम चौधरीले शुक्रबार अनसन तोड्दैगर्दा आफू निर्दोस रहेको बताउँदै रिहाईको माग गर्नुभयो । टीकापुर घटनाहुँदा आफू वर्दियामा रहेको उहाँले गृहमन्त्री रामबहादुर थापा बादललाई जानकारी गराउनुभयो ।
गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर जुश खुवाउँदै उहाँको अनशन तोडाउनुभएको थियो । कैलाली क्षेत्र नं १ बाट निर्वाचित चौधरी आफूलाई संसद् सदस्यको प्रमाणपत्र तथा शपथ ग्रहणको व्यवस्था मिलाउनुपर्ने, आफूमाथिको मुद्दा फिर्ता लिनुपर्ने, पहिचानका आधारमा संघीय सीमांकन हुनुपर्ने लगायत माग राखी अनशन बस्नुभएको थियो ।
चौधरीले टीकापुर घटनाका दोषीलाई कारबाही हुनुपर्ने पक्षमा आफू पनि रहेको स्पष्ट पार्दै घटनाकाबेला आफू बर्दिया जिल्लामा रहेको जिकिरका साथ आफू निर्दोष रहेको बताउनुभएको थियो ।
अनशन तोडाउँदै गृहमन्त्री थापाले मुद्दा र अदालती विषय बाहेकका अन्य विषयका माग पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चौधरीले टीकापुर घटनाका दोषीलाई कारबाही हुनुपर्ने पक्षमा आफू पनि रहेको स्पष्ट पार्दै घटनाकाबेला आफू बर्दिया जिल्लामा रहेको जिकिरका साथ आफू निर्दोष रहेको बताउनुभएको थियो ।
अनशन फिर्ता लिने क्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरत्सिंह भण्डारी लगायतका नेताहरुको पनि उपस्थित थियो ।
कैलालीको टीकापुरमा विसं २०७२ भदौ ७ गते वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको घटनामा मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका चोधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि गत फागुन १४ गते अदालतमा उपस्थित हुनुभएको थियो ।