बारामा चैत १५ गतेदेखि प्रथम फुटबल कोल्हवी गोल्डकप प्रतियोगिता हुँदै


नविन चौधरी
कोल्हवी (बारा), चैत ३ गते । बारामा अब केहि दिनमै चारवटा गोल्डकप संचालन हुने भएको छ । पछिलो दिनमा फुटवल प्रेमीहरु यहाँ बढदै गएको देखिएका छन् । बारामा सिमरा गोल्डकप, पिपरा गोल्डकप, निजगढ गोल्डकप तथा कोल्हबी गोल्डकप हुने भएको हो । जनशक्ति ल्कव कोल्हवीको आयोजनमा यहि चैत्र १५ गतेबाट प्रथम कोल्हवी गोल्डकप २०७४ हुने भएको हो ।

आयोजक क्लवले शनिबार पत्रकार सम्मेलन गर्दै गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष त्रियोगीप्रसाद राउत थारुले कोल्हवी नगरपालिकाले मात्र बिस लाख रुपैया सहयोग दिने बताए ।

जनशक्ति कल्ब कोल्हवी (आयोजक), नेपाल पुलिस भरतपुर, एफसि हेटौडा, निजगढ युवा कल्ब, बिरगंज युथ कल्ब, नव जनजागृति कल्ब सिमरा, एफसि बैंखरी महोतरी, बिएफसि भरतपुर, लहान ११ तथा बारा ११ गरी दश वटा टिम सहभागीता हुने जनाए ।

प्रथम कोल्हवी गोल्डकपमा १० वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । जनशक्ति कल्ब कोल्हवी (आयोजक), नेपाल पुलिस भरतपुर, एफसि हेटौडा, निजगढ युवा कल्ब, बिरगंज युथ कल्ब, नव जनजागृति कल्ब सिमरा, एफसि बैंखरी महोतरी, बिएफसि भरतपुर, लहान ११ तथा बारा ११ गरी दश वटा टिम सहभागीता हुने    जनाए ।

प्रथम पुरस्कारको राशी एक लाख पचास हजार रुपैया तथा दोस्रो पुरस्कारको राशी ७५ हजार रहेका आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरायो । पत्रकार सम्मेलनमा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर सिंह, तमागढी साझेदारीका संयोजक रबिन्द्र पनुहर, कोल्हवी उद्योग वाणिज्य संघका अध्यक्ष महेशकुमार साह, कोल्हवी नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष विरेन्द्र प्रसाद चौधरी, वडा नम्बर ११ का अध्यक्ष नन्दकिशोर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन राजिव चौधरीले गरेका थिए भने स्वागत मन्तव्य आयोजकका उपाध्यक्ष ननदेश्वर चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया