
काठमाण्डौं, चैत ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली घोडाघोडी नगरपालिकाका मेयर (प्रमुख) ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिनुभएको छ ।
मेयर चौधरीलाई अपरिचत समुहले गत सोमबार (फागुन २८ गते) सुख्खडबजारस्थित उहाँकै घरमा गएर गोली र खुकुरी प्रहार गरी घाइते बनाउको थियो ।
चौधरी उपचाररत रहेको शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओलीले उहाँको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभयो । प्रधानमन्त्रीसँगै एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, डा. राजन भट्टराईको पनि सहभागिता थियो ।
‘उपचार खर्च सरकारले व्योहोर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘उहाँको उपचारमा कुनै कसर बँँकी नराख्नुहोला ।’
चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदिप थापाले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यअवस्थाबारे जानकारी गराउनुभएको थियो । चौधरीको अवस्था अहिले खतरमुक्त छ । प्रधानमन्त्री ओलीले चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिनुभएको उहाँको प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘उहाँको उपचारमा कुनै कसर बँँकी नराख्नुहोला ।’
प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई विश्वास दिलाउनु भयो । ‘घटनाको छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दोषी उम्कन पाउँदैनन्, उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’




