विधिको शासन कायम गर्न पीडितलाई न्याय र पीडकलाई सजाय हुनैपर्छ


काठमाडौं, चैत १० गते । कानून तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनी शासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्नमा सञ्चारमाध्यमले सरकारलाई सहयोग गर्न आव्हान गर्नुभएको छ ।

तामाङ सञ्चार समूहको पाँचौ अधिवेशनको शनिबार यहाँ उदघाटन गर्दै मन्त्री तामाङले त्यस्तो आव्हान गर्नुभयो । विधिको शासन कायम गर्न मुलुकको अनियमित्ता र भ्रष्टाचार अन्त्य अनिवार्य रहेको भन्दै उहाँले सरकारले आर्थिक समृद्धि कायम गर्न पनि देशमा व्याप्त भ्रष्टाचारको अन्त्य अनिवार्य रहेको बताउनुभयो ।

विधिको शासन कायम गर्न मुलुकको अनियमित्ता र भ्रष्टाचार अन्त्य अनिवार्य रहेको भन्दै उहाँले सरकारले आर्थिक समृद्धि कायम गर्न पनि देशमा व्याप्त भ्रष्टाचारको अन्त्य अनिवार्य रहेको बताउनुभयो ।

न्यायाधीश सार्वजनिक व्यक्ति भएकाले सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताउँदै उहाँले सुशासन कायम गर्न र आर्थिक समृद्धिमा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । सबै भाषा, भेषभुषा र संस्कृतिको संरक्षणमा सरकारले ध्यान दिने बताउँदै उहाँले तामाङ समुदाय सांस्कृतिक हिसावले धनी रहेकाले पहिचान जोगाउन सबैको सहयोगको खाँचो औल्याउनुभयो ।

पीडक खुशी भएर थुनाबाट निस्कने र पीडित निराश भएर फर्कने अवस्था अब बन्द हुने बताउँदै सबैलाई न्यायहुने काम गर्ने प्रतिवद्धता जनाउनुभयो । पीडक हैन, पीडितले न्याय पाउने वातावरण बनाउन आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । पीडितले न्याय पाउने र पीडक छाती फुलाएर हिड्ने दिनको अब अन्त्य हुने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, नेवा पत्रकार दवुका अध्यक्ष श्रीकृष्ण महर्जन, पत्रकार मनोज घर्तीमगर, सुनिल लामा लगायतले धारणा राख्नुभएको थियो । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङको सभापतित्वमा भएको थियो ।

अधिवेशनले समूहको नाम परिवर्तन गरी नेपाल तामाङ पत्रकार संघ जुराएको छ । अधिवेशनबाट विष्णु मोक्तान अध्यक्षमा सर्वसम्मत भएका छन् । खोटाङका मोक्तान हाल नागरिक दैनिकमा कार्यरत छन् ।

संघको महिला उपाध्यक्षमा लक्ष्मी रुम्बा र पुरुष उपाध्यक्षमा सुवाष योञ्जन निर्वाचित भए । महासचिवमा बुद्ध योञ्जन, सचिवमा पेमा लामा, कोषाध्यक्षमा तीर्थमान वल निर्वाचित भए ।

खुल्ला केन्द्रीय सदस्यमा महिलातर्फ डोल्मा छिरिङ तामाङ, रोजिना तामाङ, बबिता घिसिङ र पुरुष खुल्लातर्फ लालकुमार मोक्तान, नेत्र तामाङ मोक्तान, सुरेन्द्र तामाङ, स्वतन्त्र तामाङ र सरस्वती तामाङ रहेका छन् ।

तपाईको प्रतिक्रिया