
लक्की चौधरी
काठमाडौं, चैत १६ गते । प्रधानमन्त्रीमा फागुन ३ गते दोस्रो पटक नियुक्त हुनुभएका केपी शर्मा ओलीको पहिलो भारत भ्रमण चैत २३ देखि २५ (अप्रिल ६ देखि ८) सम्म हुने भएको छ । परराष्ट्र मन्त्रालय नेपाल र भारतले शुक्रबार एकसाथ विज्ञप्ती सार्वजनिक गर्दै प्रधानमन्त्रीको भ्रमण तय भएको बताएका छन् ।
‘प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट कि चीनबाट’ आमजिज्ञासा भइरहेकाबीच भारतबाट हुने समाचार मिडियामा यसअघि नै सार्वजनिक भएको थियो । तर त्यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक धारणा सार्वज्निक गरेको थिएन । दुवै देशको सरकारबीच भ्रमणबारे औपचारिक सूचना एकसाथ सार्वजनिक गर्ने सहमतिअनुसार शुक्रबार प्रधानमन्त्रीको भ्रमण कार्यतालिका सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो ।
प्रवक्ता पौडेलकाअनुसार भ्रमणदलमा को–को सदस्य रहनेबारे अझै तय भइनसके पनि प्रधानमन्त्रीका पत्नी राधिका शाक्यको सहभागिता हुने विषय भने करिब टुङ्गो लागिसकेको जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आमन्त्रणमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लाग्नुभएको हो ।
भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्नुहुनेछ । दुवै प्रधानमन्त्रीबीच दुई देशबीचको सम्बन्ध, आपसी हितका विषयमा प्रधानमन्त्री कार्यालय दिल्लीमा छलफल हुनेछ । त्यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकैया नायडूसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले भारतीय वरिष्ठ मन्त्रीहरुसँग भेटेर दुई देशबीचको आपसी हितका विषयमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
सोहीअनुसार भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले भारतीय वरिष्ठ मन्त्रीहरुसँग भेटेर दुई देशबीचको आपसी हितका विषयमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्रीकासाथ भ्रमणमा सरकारका मन्त्रीहरु, प्रतिनिधिसभाका केही सदस्यहरु, नेपाल सरकारका सचिवहरु र उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै, भारतीय परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार नेपाल र भारतबीचको सम्बन्ध अति प्राचीन समयदेखिको हो । भ्रमणकाक्रममा दुई देशबीचको आपसी हित, परस्पर सम्बन्धका विषयमा समिक्षासहितको छलफल हुने विज्ञप्तीमा जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओली उत्तराखण्डस्थित पन्तनगरमा अवस्थित गोविन्द बल्लभ पन्त कृष तथा प्रविधि विश्वविद्यालयको कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । सो कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्किनुहुनेछ ।
प्रधानमन्त्रीले चैत १३ गते नेपालस्थित विदेशी राजदूतसँगको व्रिफिङ कार्यक्रममा नेपालले दुई छिमेकी मुलुक भारत र चीनसँग समदूरीको सम्बन्ध कायम राख्ने बताउनुभएको थियो । सोहीअनुसार अन्य मित्रराष्ट्रहरुसँग पनि नेपालको सम्बन्ध दुईपक्षीय हितअनुकुल र समान हैसियतमा हुने चर्चा गर्नुभएको थियो ।
यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७२ फागुन ७ देखि ११ गतेसम्म भारतको भ्रमण गर्नुभएको थियो । भ्रमणअघि नेपाली सीमामा भारतले नाकाबन्दी लगाएको थियो ।
यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७२ फागुन ७ देखि ११ गतेसम्म भारतको भ्रमण गर्नुभएको थियो । भ्रमणअघि नेपाली सीमामा भारतले नाकाबन्दी लगाएको थियो । नाकाबन्दीको अवस्थामा भारतको भ्रमणमा नजाने अडान प्रधानमन्त्री ओलीले लिनुभएपछि भारतीय सरकारले नाकाबन्दी खुला गरेको थियो । सोपछि प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न भएपनि भ्रमणको अन्त्यमा सामान्यतः जारी गरिने दुई देशको संयुक्त वक्तव्य समेत जारी गरिएको थिएन ।
प्रधानमन्त्रीले भ्रमणपछि आफ्नो भारत भ्रमण सफल भएको बताउनु भएपनि दुई देशबीचको तिक्तता कायम रहेको देखिएको थियो । सो लगत्तै प्रधानमन्त्री ओली चीनको भ्रमणमा गई चीन सरकारसँग व्यापार तथा पारवाहन सम्झौतामा हस्ताक्षर गरेर फर्कनुभएको थियो । त्यसले नेपाल–भारत सम्बन्ध थप चिसिएको पुष्टि गरेको थियो ।




