
काठमाडौं, चैत १९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशन आउने शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् ।
कार्यक्रम भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव, काठमाडौंको हलमा हुने फोनिजका अध्यक्ष डण्ड गुरुङले बताए । अध्यक्ष गुरुङकाअनुसार महाधिवेशनमा करिब साढे तीनसय प्रतिनिधि सहभागी हुनेछन् ।
फोनिजको पाँच विदेश शाखा र ४९ जिल्लाशाखासहित ५४ वटा शाखा देशभर रहेका छन् । त्यस्तै, आठवटा जातीय पत्रकार संस्था आवद्ध छन् । देशभरबाट तीनहजार पत्रकार फोनिजमा आवद्ध रहेको फोनजि केन्द्रले जानकारी गराएको छ ।
फोनिजको पाँच विदेश शाखा र ४९ जिल्लाशाखासहित ५४ वटा शाखा देशभर रहेका छन् । त्यस्तै, आठवटा जातीय पत्रकार संस्था आवद्ध छन् । देशभरबाट तीनहजार पत्रकार फोनिजमा आवद्ध रहेको फोनजि केन्द्रले जानकारी गराएको छ ।
बेलायत, युरोप, जापान, हङकङ र दक्षिण कोरियामा फोनिजको विदेश शाखा छ । केन्द्रीय अमहाधिवेशनको करिब सबै तयारी पूराभएको अध्यक्ष गुरुङले बताए । महाधिवेशनले ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आदिबासी जनजाति एकताको सन्देश दिन सकेसम्म सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयास भइरहेको फोनिज केन्द्रले जनाएको छ ।
अहिलेसम्म अध्यक्षमा हालका अध्यक्ष गुरुङ नै दोहिरिने वातावरण देखिएको छ । बाँकी पदाधिकारीमा भने नयाँ अनुहारले आकांक्षा देखाएका छन् । फोनिजको आगामी महासचिवमा लक्की चौधरीले दावी गरेका छन् । केन्द्रीय कार्यसमितिमा अध्यक्ष १, निमित्त अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, सचिव ३, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी ११ सदस्यीय पदाधिकारी रहने विधानमा व्यवस्था छ ।
त्यस्तै, सातवटै प्रदेशबाट ७ जना प्रादेशिक इन्चिार्ज, ८ जना जातीय पत्रकारको तर्फबाट संस्थागत सदस्य, खुला सदस्य ५, महिला ४, अल्पसंख्यक २ गरी ३७ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था विधानमा छ ।
मिडियालाई समावेशी चरित्रको बनाउनुपर्ने, आदिबासी जनजाति पत्रकारको पहुँच र प्रतिनिधित्व राष्ट्रिय मिडियामा कायम गर्ने, आदिबासी जनजातिको विषयलाई उजागर गर्ने, आदिबासी पत्रकारको दक्षता, सीप अभिबृद्धिकालागि आवश्यक तालिम र प्रशिक्षणहरु प्रदान गर्ने फोनिजले पहल गर्दैआएको छ । अहिलेको महाधिवेशनको मुख्य एजेण्डा पनि त्यही हुने अध्यक्ष गुरुङले बताए ।




