थरुहट केन्द्रीय आन्दोलन परिचालन समितिले जनजागरण अभियान शुरुगर्ने


काठमाडौं, चैत २५ गते । टीकापुर घटनामा पक्राउ परी थुनामा रहेकाहरुको ससम्मान रिहाई र क्षतिपूर्तिको माग गर्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिले मेची–महाकाली जनजागरण एवं जनपरिचालन अभियान शुरु गर्ने निर्णय गरेको छ ।

थरुहट थारुवान संयुक्त संघर्ष समिति एवं केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । समितिका सचिव प्रेमीलाल चौधरीकाअनुसार सरकारले थारुको मुद्दामा उदासिन देखिएकाले थारुको सशक्तिकरणका लागि अभियान शुरु गर्दैछ । समितिले वैशाख ५ गतेदेखि सो अभियान शुरुगर्ने चौधरीले बताउनुभयो ।

सोहीअनुसार समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी माग मुद्दा सम्बोधनकालागि ३० दिने अल्टिमेटम दिने निर्णय गरेको सचिव चौधरीले बताउनुभयो । त्यस्तै, टीकापुर घटनामा परेका पीडितहरुको आवश्यक सहयोगकालागि पहल गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया