
लक्की चौधरी
काठमाडौं, जेठ ८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ४४१ सदस्यीय केन्द्रीय कमिटीमा १९ जना थारु परेका छन् । यो कुल सदस्य संख्याको ४ दशमलव ३० प्रतिशत हो । २०६८ को जनगणना अनुसार थारुको जनसंख्या कुल जनसंख्याको ७ प्रतिशत छ । नयाँ संविधानले समानुपातिक सिद्धान्तकाआधारमा सबै ठाउँमा प्रतिनिधित्वको व्यवस्था गरेको छ । नयाँ संविधानमा थारुको अलग्गै क्लष्टरको व्यवस्था पनि छ ।
थारुबाट केन्द्रीय सदस्यमा पर्नेमा क्रमशः इन्द्रजीत थारु, देवीलाल चौधरी, नरुलाल चौधरी, नागेन्द्र चौधरी, नारदमुनी रानाथारु, नेपबहादुर चौधरी, वलदेव चौधरी, वलवीरप्रसाद चौधरी, वैजनाथ चौधरी, वीरमान चौधरी, भगवती चौधरी, मञ्जु चौधरी, मेटमणि चौधरी, रामकुमारी चौधरी, रुपा चौधरी रहनुभएको छ ।
त्यस्तै, अन्यमा विष्णुप्रसाद चौधरी, सन्तकुमार थारु, शान्ता चौधरी र हरिनारायण चौधरी केन्द्रीय सदस्यमा पर्नुभएको छ । केन्द्रीय कमिटीमा थारुको प्रतिनिधित्व भएपनि नेकपाको ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालयमा प्रतिनिधित्व छैन ।
नेकपाको केन्द्रीय कमिटीमा रहेका ४४१ जनाको सूची
नव पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटीको नाममा टुङ्गो लागेपछि मंगलबार नामावलीको पूर्ण सूची सार्वजनिक गरेको छ । नेकपाको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको महासचिव विष्णु पौडेलले बताउनुभयो ।
महासचिव पौडेलकाअनुसार पार्टीको दुई अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यस्तै, छजनालाई आमन्त्रिण स्थायी कमिटि सदस्यमा राख्ने निर्णय सचिवालयले गरेको छ । छजनामा अमिक शेरचन, अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, डा. पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ प्यासी रहनुभएको छ ।
पार्टीले मंगलबार वर्णानुक्रमअनुसारको नामसूची सार्वजनिक गरेको छ । सोअनुसार केन्द्रीय सदस्यहरुमा क्रमशः अइन्द्रसुन्दर नेम्वाङ, अग्निप्रसाद सापकोटा, अच्यूत मैनाली, अच्यूतराम काफले, अजम्बर राई, अजयशंकर नायक, अञ्जना विसङ्खे, अमर मण्डल, अमर तमु, अमृता थापामगर, अरुण नेपाल, अष्टलक्ष्मी शाक्य, आनन्द पोखरेल, आशा कोइराला, ओनसरी घर्ती, ओम शर्मा, इन्द्र आङ्वो, इन्द्रजीत थारु रहनुभएको छ ।
त्यस्तै अन्य केन्द्रीय सदस्यहरुमा ईश्वर पोखरेल, ईश्वरी रिजाल, ईश्वरीप्रसाद भट्टराई, उमा कोइराला, उर्मिला अर्याल, एकबहादुर राना, एकराज विश्वकर्मा, कर्ण थापा, कमल चौलागाई, कमलजंग राई, कमानसिंह लामा, कमलादेवी महतो, कमला रोका, कल्याणी खड्का, कालीबहादुर मल्ल, काशीनाथ अधिकारी, किरण गुरुङ, किसन शर्मा, किशोर अधिकारी, कुमार पौडेल, कुमारी मोक्तान, कुलप्रसाद केसी, केदार न्यौपाने, केशव नेपाल, केशवलाल श्रेष्ठ, कैलाश ढुंगेल, कृष्ण केसी, कृण खनाल, कृष्ण धिताल हुनुहुन्छ ।
सोहीअनुसार केन्द्रीय सदस्यमा कृष्णप्रसाद सापकोटा, कृष्ण राई, कृष्णगोपाल श्रेष्ठ, कृष्णध्वज खड्का, खगराज अधिकारी, खगराज भट्ट, खगेन्द्र चुडाल, खगेन्द्र राई, खिमलाल देवकोटा, खिमलाल भट्टराई, खेमप्रसाद लोहनी,खेममान खड्का, गजेन्द्र महत, गणेश पहाडी, गणेशमान पुन, गणेशसिंह ठगुन्ना, गणेश साह, गरिमा शाह, गिरिधारीलाल न्यौपाने, गरिराजमणि पोखरेल, गुरु बराल, गुप्त हमाल, गुलावजंग शाह रहनुभएको छ ।
त्यस्तै, अन्य केन्द्रीय सदस्यहरुमा गोकर्ण विष्ट, गोकुल घर्ती, गोकुल बाँस्कोटा, गोविन्दबहादुर नेपाली, गोविन्दविक्रम शाह, गोपाल ठाकुर, गोपाल शर्मा, गोरख बोगटी, गोमा देवकोटा, गोपी अछामी, गौरा प्रसाइँ, गौरी ओली, गंगा कार्की, गंगा बेल्वासे, गंगालाल तुलाधर, गंगा यादव, घनश्याम भुषाल, घनेन्द्र बस्नेत, चक्रपाणी खनाल, चन्द्रबहादुर शाही, चूडामणि खड्का, चुडामणि जंगली, छविलाल विश्वकर्मा, जगत विश्वकर्मा, जगत यादव, जगन्नाथ खतिवडा, जगप्रसाद शर्मा, जगदीशप्रसाद कुशियत, झक्कुप्रसाद सुबेदी, झकबहादुर मल्ल, झपट रावल, झलनाथ खनाल (वरिष्ठ नेता), टेकबहादुर बस्नेत, टेकबहादु बलम्पाखी, टोपबहादुर रायामाझी, टंक कार्की, टंक आङ्बोहाङ, ठाकुर गैरे, डम्बरसिंह सम्बाहाम्फे, डाचाराज वाग्ले, डिआर पौडेल, डिलाराम आचार्य, डोरप्रसाद उपाध्याय, डोरमणी पौडेल, तारा घर्ती, तिलक महत, तिलकराम शर्मा, तिलकुमाी मेन्याङ्वो, तिलबहादुर विश्वकर्मा, तुलबहादुर गुरुङ, तेजबहादुर ओली, तैयव हुसेन, थममाया थापा, दधिराम न्यौपाने, दलजीत श्रीपाइली, दलबहादुर राना, दामा शर्मा, दावा लामा, दिनेश पन्थी हुनुहुन्छ ।
सोहीअनुसार केन्द्रीय सदस्यमा दिनेशचन्द्र यादव, दिनेश राई, दिलिप प्रजापति, दिलिप महर्जन, दिलु पन्त, दीनानाथ शर्मा, दीपक देवकोटा, दीपबहादुर योञ्जन, दीपेन्द्र पुन, दुर्गाजयन्ती राई, दुर्गाप्रसाद चापागाइँ, देउमान सम्बाहाम्फे, देवराज घिमिरे, देवराज रेग्मी, देवी खड्का, देवीलाल चौधरी, देवी ज्ञवाली, देवेन्द्र दाहाल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, देवशंकर पौडेल, धर्मदत्त देवकोटा, धर्मनाथ यादव, धर्मनाथ साह, धर्मराज निरौला, धर्मशीला चापागाइँ, धीरन शर्मा, नजिर मियाँ, नवीन रोका, नरुलाल चौधरी, नरेन्द्र कुँवर, नरेश खरेल रहनुभएको छ ।
त्यस्तै, मंगलबार सार्वजनिक गरिएको केन्द्रीय सदस्यहरुमा नरेश भण्डारी, नागेन्द्र चौधरी, नारदमुनी रानाथारु, नारायाण्काजी श्रेष्ठ (प्रवक्ता), नारायण दाहाल, नारायण सिलवाल, नारायण शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, निर्मल बराल, नीरज आचार्य, निरा जैरु, नीरुदेवी पाल, नेपबहादुर चौधरी, पद्मा अर्याल, पम्फा भुषाल, परशुराम तामाङ, परशुराम मेघी गुरुङ, परशुराम रम्तेल, पशुपति चालागाइँ, पार्वत गुरुङ, पार्वती थापा, पासाङ शेर्पा, पुरनसिंह दयाल, पूर्णकुमारी सुवेदी, पुष्पविक्रम मल्ल, पुष्पा घर्ती, प्रकाश ज्वाला हुनुहुन्छ ।
सोहीअनुसार अन्य केन्द्रीय दस्यहरुमा प्रकाशहरि पोख्रेल, प्रकाश शाह, प्रतापलाल श्रेष्ठ, प्रभु साह, प्रल्हाद बुढाथोकी, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, प्रेमबहादुर आले, प्रेमल खनाल, प्रमेश हमाल, प्रमोदनारायण यादव, पृथ्वीसुब्बा गुरुङ, वद्री न्यौपाने, बलदेव चौधरी, बलावती शर्मा, बलवीरप्रसाद चौधरी, बलराम बाँस्कोटा, वसन्त घर्ती, वसन्त मानन्धर, वर्षमान पुन, वामदेव गौतम, विक्रम शाही, विना मगर, विन्दा पाण्डे हुनुहुन्छ ।
त्यस्तै, केन्द्रीय सदस्यमा विन्दमान विष्ट, विना श्रेष्ठ, विनोद ढकाल, विनोद श्रेष्ठ, वंशीधर मिश्र, वैजनाथ चौधरी, वोमबहादुर विश्वकर्मा, विमला घिमिरे, विमला सुवेदी, विरोध खतिवडा, विशाल भट्टराई, विषमलाल अधिकारी, वीरमान चौधरी, वेदुराम भुषाल, बोधमाया यादव, भगवती चौधरी, भरतप्रसाद साह, भानुभक्त ढकाल, भानुभक्त जोशी, भागवत विश्वासी, भाष्कर काफ्ले, भीम आचार्य, भीम कार्की, भीम रावल, भूपेन्द्र थापा, भैरवबहादुर सिंह रहनुभएको छ ।
सोहीअनुसार नेकपाका अन्य केन्द्रीय सदस्यहरुमा भैरवसुन्दर श्रेष्ठ, मणि थापा, मना केसी, ममता गिरी, मनोज थापा, महादेव यादव, महेन्द्र पासवान, महेन्द्र पाण्डे, महेन्द्रबहादुर शाही, महेस बस्नेत, महेश रेग्मी, महेश्वर गहतराज, महेश्वर दाहाल, महेश्वर पाठक, मञ्जु चौधरी, मातृका यादव, माधव अर्याल, माधव ढुंगेल, माधवकुमार नेपाल (वरिष्ठ नेता), माधव सापकोटा, मानबहादुर जिसी, मानवहादुर बुढा, मायानाथ अधिकारी, मायाप्रसाद शर्मा, मेटमणी चौधरी हुनुहुन्छ ।
त्यस्तै अन्य केन्द्रीय सदस्यहरुमा मोहन बानियाँ, मोहमद अन्सारी, मोहमद हारुन, मुकुन्द न्यौपाने, मुक्ति प्रधान, यदुवंश झा, यशोदा सुवेदी, यज्ञरजा सुनुवार, यामलाल कँडेल, युवराज कार्की, युवराज खतिवडा, युवराज चौलागाइँ, युवराज दुलाल, युवराज भट्टराई, युवराज ज्ञवाली, योगनारायण यादव, योगेश भट्टराई, रघुजी पन्त, रघुवीर महासेठ, रचना खडका, रत्नेश्वर गोइत, रवीन कोइराला, रविन्द अधिकारी (कास्की), रविन्द्र अधिकारी (पूर्वी नवलपरासी) रहनुभएको छ ।
सोहीअनुसार नेकपाका अन्य सदस्यहरुमा रवीन्द्र बैठा, राजबहादुर बुढा, राजकाजी गुरुङ, राजकुमार शर्मा, राजन दाहाल, राजन भट्टराई, राजन राई, राजु खड्का, राजेन्द्र कार्की, राजेन्द्रकुमार राई, राजेन्द्र गौतम, राजेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, राजेन्द्रसिंह रावल, राधा ज्ञवाली, रामकुमार राई, रामकुमार शर्मा, रामकुमार यादव, रामकुमार ज्ञवाली, रामचन्द्र झा, रामचन्द्र यादव, रामचन्द्र शाह, रामदयाल मण्डल, रामबहादुर थापा, रामकुमारी चौधरी, रामकुमारी झाँक्री, रामदीप आचार्य, रामप्रसाद सापकोटा, रामप्रीत पावसान हुनुुहुन्छ ।
त्यस्तै, अन्य केन्द्रीय सदस्यहरुमा रामरतिदेवी राम, रामशरण बस्नेत, रामेश्वर फुँयाल, रामेश्वर राना, रामेश्वर राय, रुपा चौधरी, रेखा शर्मा, रेणु चन्द, रेणु दाहाल, लक्ष्मण पन्त, लक्ष्मी पोख्रेल, लक्ष्मण पौडेल, लक्ष्मण ज्ञवाली, लक्ष्मीदत्त जोशी, लालबहादुर थापा, लालबाबु पण्डित, लालबावु यादव, लालबहादुर विक, लीला गिरी, लीलानाथ श्रेष्ठ, लीलाबहादुर थापा, लीला भण्डारी, लीलामणि पोखरेल, लेखनाथ न्यौपाने, लेखराज भट्ट, वामदेव क्षेत्री, विजय गुरुङ, विजय पौडेल, विजय भण्डारी, विजय सुब्बा, विष्णुप्रसाद चौधरी, विष्णुप्रसाद पौडेल (महासचिव), विष्णु रिजाल रहनुभएको छ ।
सोहीअनुसार नेकपाका अन्य केन्द्रीय सदस्यमा विष्णु रिमाल, विश्वनाथ प्याकुरेल, विश्वनाथ शाह, सन्तकुमार थारु, सन्तु दराई, सत्यनारायण मण्डल, सत्या पहाडी, सरला यादव, समिम अन्सारी, सरोज यादव, समिता कार्की, सावित्रीकुमार काफले, सावित्रा भुषाल, सीता गिरी ओली, सीता पोखरेल, सीता पौडेल, सीता सुन्दास, सुकबहादुर रोका, सुजिता शाक्य, सुदन राई, सुमन प्याकुरेल, सुधीर शाह, सुनिल मानन्धर, सुवासचन्द्र नेम्वाङ, सुरेश आलेमगर, सुरेशकुमार राई, सुरेन्द्र कार्की, सुरेन्द्र पाण्डे, सुरेन्द्र मानन्धर, सूर्य थापा पर्नुभएको छ ।
त्यस्तै अन्य केन्द्रीय सदस्यहरुमा सूर्यप्रकाश सुवेदी, सोमप्रसाद पाण्डे, सोम मिश्र, शक्तिबहादुर बास्नेत, शरदसिंह भण्डारी, शशि श्रेष्ठ, शत्रुघ्न महतो, शालिकराम जमकट्टेल, शान्ता चौधरी, शारदा सुवेदी, शिराज अहमद फारुखी, शिवकुमार मण्डल, सुशीला नेपाल, सुशीला सिंखडा, सुशीला सिरपाइली, शेरधन राई, शेरबहादुर केसी, शेरबहादुर तामाङ, शंकर पोख्रेल, श्याम श्रेष्ठ, श्रीनाथ बराल, श्रीमाया थकाली, श्रीप्रसाद शाह, श्रीराम ढकाल, हकिकुल्ला खाँ, हरि दाहाल, हरि पराजुली, हरिनारायण चौधरी, हरिनारायण महतो, हरिबहादुर चुमान, हरिबहादुर राई, हरिबोल गजुरेल हुनुहुन्छ ।
सोहीअनुसार हरिराज अधिकारी, हरि राजवंशी, हिक्मत कार्की, हितमान शाक्य, हितबहादुर तामाङ, हितराज पाण्डे, हिमाल शर्मा, हेमकुमार राई, हेमराज भण्डारी, हेमराज शर्मा, हंशराज शाही, त्रिलोचन भट्ट, ज्ञानबहादुर भुजेल र ज्ञानु बस्नेत नेकपाको केन्द्रीय सदस्यमा पर्नुभएको छ ।




