अव्यवस्थित वस्तीलाई व्यवस्थित बनाउन सांसद शाक्यको सरकारलाई सुझाव


काठमाडौं, जेठ ११ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद सुजिता शाक्यले मुलुकको आर्थिक समृद्धि कायम गर्न विद्यमान आर्थिक अपारदर्शीता, चुहावट र भ्रष्टाचारको अन्त्य अनिवार्य रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा जारी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल कार्यक्रममा शुक्रबार बोल्दै सांसद शाक्यले त्यस्तो बताउनुभयो । अनियमित्ता र चुहावट रोक्न नसक्ने हो भने राम्रो कार्यक्रम ल्याएर देशको विकास सम्भव नहुने उहाँले सरकारलाई सुझाव दिनुभयो ।

एकीकृत वस्ती विकास गरेमा त्यसलाई सरकारको करको दायरामा ल्याउन सकिने र सरकारको राजस्व बृद्धि भई विकासमा सहयोग पुग्ने उहाँले चर्चा गर्नुभयो ।

नीति तथा कार्यक्रम देशको हित र समृद्धिमा केन्द्रीत रहेको बताउँदै उहाँले आगामी बजेट पनि त्यसमै आधारित आउनुपर्ने बताउनुभयो । नीति तथा कार्यक्रम सन्तुलित रहेको बताउँदै उहाँले सरकारले लिएको नीति र कार्यक्रमले मुलुकको समृद्धि सम्भव रहेको चर्चा गर्नुभयो ।

मुलुकको विकास नहुनुमा अव्यवस्थित वस्ती भएकाले त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । एकीकृत वस्ती विकास गरेमा त्यसलाई सरकारको करको दायरामा ल्याउन सकिने र सरकारको राजस्व बृद्धि भई विकासमा सहयोग पुग्ने उहाँले चर्चा गर्नुभयो ।

सरकारले लिएको पछिल्लो नीति सिण्डीकेटको अन्त्यमा लिएको कदम देशको हितमा रहेको बताउँदै सांसद शाक्यले जनताको हितमा काम गर्न सरकारले कुनै कन्जुस्याई गर्न नहुने सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया