गायक विश्वसागरको झुम्कावाली गीतले बजारमा धमाका मच्चाउने विश्वास


भगतराम थारु
नेपालगन्ज, जेठ १६ गते । गायक राजकुमारको झुम्कावाली बजारमा आउने तयारी लगभग पुरा भएको छ । मोडल राजकुमारको मुख्य अभियनको झुम्कावाली एक दुई दिनभित्र आउने तयारी रहेको गायक विश्वसागर परियारले जानकारी दिनुभयो ।

झुम्कावालीले यसपटकको बजारमा धमाकेदार रहने गायक परियारले जानकारी गराउनुभयो । रातदिन मेहनत गरेर रिलिजको तयारीमा लागेका छौं अर्का कलाकार मनोज चौधरीले भन्नुभयो । झुम्कावाली बोलको गीत राम्रै सुटिङ भएको छ मिक्सीङ पनि मेहनतकासाथ गरिरहेका छौं कलाकार मनोजले भन्नुभयो ।

झुम्कावालीले मेहनत गरेअनुसारको फल पाउने आशा रहेको मोडल राजकुमारले बताउनुभयो । अरु गीतको तुलनामा झुम्कावालीमा लगानी र दुख पनि धेरै गरेको हुनाले भिडियोले हंगामा मच्चाउने राजकुमारले दावी गर्नुभयो । झुम झुम झुम झुम्कावाली बठनिया रे दिल मोरे लैगैलो उजराके बोलको गीतमा मुख्य अभिनय राजकुमार थारु र मोडेल रविना (रब्बु) चौधरीले मुख्य भुमिकामा खेलेका छन ।

गायक विश्वसागर परियारको स्वरमा रहेको झुम्कावाली बठनिया रे बोलको गीतमा सुरज चौधरीको डाइरेक्सन, छायाङकन रामु चौधरीले गर्नुभएको छ भने मेकअपमा अंकित ठाकुर र गित थारु रहनुभएको छ । एकलैनीमा सुटिङ भैरहँदा दर्शकको घुइचो नै लागेको थियो । गीतको छायाङकन नेपालगन्जको एकलैनी, सिएसटी होटल र कोहलपुरमा भएको कलाकार राजकुमारले जानकारी गराउनुभयो ।

मोडल राजकुमारको तेश्रो गीत झुम्कावाली बजारमा आउने तयारी भैरहेको छ । यसभन्दा पहिले राजकुमारले कहाँ जाइतो गोरी लचकाईके कमरिया चढल जवानी तु तिर्छि नजरिया र आगे आगे मोटरबाईक बोलको गीतमा मोडलिङग गरिरकेका छन् ।

माथेमा टिकुली, कानेमा झुम्का, पाउमे पाउजु, आँखेमे कजरा, बठनिया हो तु न देखाउ नखरा बोलको गितले दर्शकको मन जित्न सफल हुने गायक विश्व सागर परियारले बताउनुभएको छ । झुम्कावाली गीतले सिएसटी होटलमा ड्रोन क्यामराले छायाङकन गरिएको सुटिङ युनिटले जनाएको छ ।

तपाईको प्रतिक्रिया