पत्रकारमाथिको दुव्र्यवहार आपत्तिजनकः महासंघ


काठमाडौं, मंसिर ६ गते । समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई दुव्र्यवहार र हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

बाँकेका प्रहरी निरिक्षक भरत राठौर तथा स्थानीय निर्माण व्यवसायी गणेश शाहीको समूहले बाँकेका तीनजना पत्रकारमाथि दुव्र्यवहार र हातपात गरेकोभन्दै महासंघले आपत्ति जनाएको हो । मंसिर ५ गते महासंघका केन्द्रीय पार्षद तथा दि हिमालयन टाइम्सका समाचारदाता दामोदर भण्डारीलाई प्रहरी निरिक्षक राठौरले गालीगलौज र हातपातको प्रयास गरेको महासंघले बताएको छ ।

त्यस्तै, प्रकाशित समाचारलाई लिएर महासंघ बाँकेका सदस्य र नागरिक समाचारदाता अर्जुन वलीलाई निर्माण व्यवसायी गणेश शाहीले गालीगलौज गर्दै वलीको मोबाइल खोसेको घट्नाको महासंघले भत्र्सना गरेको छ ।

प्रकाशित समाचारप्रति असहमति भएमा अन्य कानूनी विकल्पमा जान छाडि पत्रकारमाथि गरिएको दुव्र्यवहार र हातपातको प्रयासको महासंघले कडा शब्दमा भत्र्सना गर्दछ, महासचिव उजीर मगरद्वारा प्रकाशित विज्ञप्तीमा भनिएको छ ।

घटनाको छानविन गरी दोसीमाथि कारवाही गरी पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको सुनिशिचत्ता गर्न महासंघले स्थानीय प्रकासशनसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया