गायक विश्वसागरको थारु म्युजिक भिडियो झुम्कावाली सार्वजनिक


नेपालगन्ज, जेठ २५ गते । थारु म्युजिक भिडियो झुम्कावाली बोलको गीत सार्वजनिक भएको छ । झुम झुम झुम झुम्कावाली बठनिया रे दिल मोरे लैगैलो उजारके बोलको गीतमा मुख्य अभिनय राजकुमार थारु र मोडेल रविना (रब्बु) चौधरीले निभाएका छन् ।

गायक विश्वसागर परियारको स्वरमा रहेको झुम्कावाली बठनिया रे बोलको गीतमा सुरज चौधरीको निर्देशन, छायाङकन रामु चौधरीले गर्नुभएको छ । त्यस्तै, मेकअपमा अंकित ठाकुर रहनुभएको छ । गीतको छायाङकन नेपालगन्जको एकलैनी, सिएसटी होटल र कोहलपुरमा भएको कलाकार राजकुमारले जानकारी गराउनुभयो ।

मोडल राजकुमारको तेस्रो गीत झुम्कावाली बजारमा आएको हो । यसभन्दा पहिले राजकुमारले कहाँ जाइतो गोरी लचकाईके कमरिया चढल जवानी तु तिर्छि नजरिया र आगे आगे मोटरबाईक बोलको गीतमा मोडलिङग गरिसकेका थिए ।

तपाईको प्रतिक्रिया