थरुहट कार्यकर्ताले गरे जीपमा आगजनी


Car

धनगढी, मंसिर ७ गते । बन्दको अवज्ञा गरेको भन्दै थरुहट÷थारुवान पक्षधर आन्दोलनकारीले गएराती से १ च ११७२ नम्बरको पिकअप जिपमा आगजनी गरेका छन् ।
राती करिब साढे ११ बजेतिर पूर्व–पश्चिम राजमार्गको चौमालाको राजीपुर नजिक जिपमा आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट जिपको अगाडिको भागमा क्षति पुगेको बताइएको छ । आगजनी गरेको आशंकामा इलाका प्रहरी कार्यालय मसुरियाले मसुरिया–४ लिक्मा मुक्त कमैया शिविरका थरुहट आन्दोलनका अगुवा हिरालाल चौधरी र प्रेम चौधरीलाई राती नै नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा ल्याइएको छ । जिपमा थरुहट कार्यकर्ताले आगजनी गरेको थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका कैलाली प्रवक्ता माधव चौधरीले स्वीकार्नु भयो ।
हिजो पनि भजनी–त्रिशक्ति नगरपालिकाको आम्बारी भन्ने स्थानमा थरुहट आन्दोलनकारीले स्कर्पियो जिपमा आगजनी गरेका थिए । प्रादेशीक सीमांकन र नयाँ संविधान सच्याउन माग गर्दै थरुहटले मङ्सिर ५ गतेदेखि अनिश्चितकालिन आमहडतालको घोषणा गरेर आन्दोलन थालेको छन् ।

तपाईको प्रतिक्रिया