सप्तरीमा चार थारु घाइते


Saptari

सप्तरी, मंसिर ७ गते । आन्दोलनका क्रममा आइतबार राती थरुहट आन्दोलनकर्तामाथि स्थानीय प्रहरीले लाठीचार्ज गरेपिछ चारजना थारु गम्भीर घाइते भएका छन् ।

प्रहरीको लाठीचार्जबाट स्थानीय थरुहट कार्यकर्ता विनोद चौधरीको दाहिने खुट्टा भाँचिएको छ । त्यस्तै, प्रतापचन्द्र चौधरीको दाहिने हात, रेशमलाल चौधरीको दाहिने खुट्टा तथा किर्तीनन्द चौधरीको ढाडमा गम्भीर चोट लागेको थरुहट÷थारुवान संघर्ष समिति सप्तरीका संयोजक राज थारुले जानकारी दिनुभयो ।

घाइते सबैको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको संयोजक थारुले बताउनुभयो । सप्तरीको कदमाहा राजमार्गमा राती आन्दोलनचोकमा आन्दोलनकर्ताले गाडी रोकेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया