सांसद नारदमुनी रानाले सोध्नुभयो, तपाईहरु जिल्लाको मन्त्री हो कि नेपालको ?


काठमाडौं, असार १ गते । प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश ७ का जिल्लालाई वेवास्ता गरेकोभन्दै गुनासो गर्नुभएको छ ।

संघिय संसदमा बोल्दै सांसद रानाथारुले भन्नुभयो, सरकारले सुखी जनताको लक्ष्य लिइएको भएपनि नीती तथा कार्यक्रम समृद्धि उन्मुख देखिएन । सरकारका मन्त्रीहरु देशका मन्त्री हुन् कि जिल्ला र निर्वाचन क्षेत्रका ? उहाँले जिज्ञासा गर्नुभयो ।

नीति तथा कार्यक्रममा पर्यटन मन्त्रालयले प्रदेश नं ७ का पर्यटकिय स्थललाई समाबेश नगरेकोप्रति उहाँले आपत्ति जनाउनुभयो । गत महिना कैलाली पर्यटन भ्रमण बर्षमा पर्यटन विकास र धनगढी बिमानस्थलको स्तरोन्नतीमा पहल गर्ने भनी स्वयंले बोलेका कुरा पनि नीति तथा कार्यक्रममा समावेश नगर्नु पर्यटन मन्त्रिका लागि लाजमर्दो भएको बताउनुभयो ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक रंगशाला बनाउने कार्यक्रम नराखिएकोप्रति बिरोध जनाउनुभयो । धनगढी रंगशालाकालागि २० देखि २५ लाख रकम छुट्याउँदैमा समग्र प्रदेशको खेलकुद विकासकालागि त्यसले नपुग्ने बताउनुभयो ।

यस्तै, डिपीएल उदघाटनकाबेला धनगढीमा अन्तर्राष्टिय क्रिकेट रंगशाला बनाउने भनी गरेको भाषण किन कार्यन्वयन नभएको भन्दै प्रश्न गर्नुभयो ।

सरकारका मन्त्रीहरुले नीति तथा कार्यक्रम समग्र देशकालागि भन्दा पनि आफना निर्वाचन क्षेत्र, जिल्ला केन्द्रीत भएको आरोप उहाँले लगाउनुभयो ।

संसद बैठकमा सम्बोधन गर्दै सांसद रानाथारु

https://www.facebook.com/kamalsingh2020/videos/1919133851453902/?t=7

 

तपाईको प्रतिक्रिया