जनताको हितमा संविधान संशोधन गर्दै जानुपर्छः नेम्वाङ


काठमाडौं, असार २३ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देश र जनताको हितमा भएको विषयलाई संविधान संशोधन गर्दै लैजाने सकिने बताउनु भएको छ ।

उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढने कुनै समस्या नरहेको बताउनुभयो । संविधान सम्झौताको दस्ताबेज हो, त्यसमा स्वभाविकै रुपमा केही पक्षको असन्तुष्टि रहन सक्छ भन्दै उहाँले त्यसलाई सम्बोधन गरेर जान सबै दलहरुलाई आह्वान गर्नुभयो ।
शनिबार नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले नेपाली जनता आफैले पहिलो पटक जारी गरेको संविधान विश्वकै समावेशी रहेको दावी समेत गर्नुभयो ।

उपनेता नेम्वाङले संविधानमा जनताको भावनालाई समेटेर जान सकिने प्रावधान भएकाले अव मुलुकमा बिद्रोहको कुनै आवश्यक्ता नरहेको प्रष्ट पाुर्नृभयो । पूर्व सभामुख समेत रहनुभएका उहाँले आवश्यकता र औचित्य हेरेर संविधान संशोधन गर्न दलहरु तयार हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया