सुनसरीको टेङग्राटोलमा भत्काइएको थारु ग्रामथानको पुनःनिर्माण गरिने


धिरेन्द्रकुमार चौधरी
रामधुनी, साउन १ गते । प्रदेश १ कार्यालयका उपसभामुख सरस्वती पोखरेलले सबैका सस्कार संस्कृति जर्गेना गर्ने बेला आएको बताउँदै यसको संरक्षणका लागि प्रदेश सरकारले आवश्यक बजेट छुटयाइएको बताउनुभएको छ ।

सोमबार इटहरी ८, टेङगा्रटोलथारु गा्रमथान संरक्षण समितिको आयोजनामा यहाँ आयोजित अखारीपुजा कार्यक्रममा सम्बोधन गर्दै उपसभामुख पोखरेलले संस्कार, सस्कृतीलाई संरक्षण गर्न सबैको दायित्व रहेको बताउनुभयो ।

उहाँले भत्काईएको थारु गा्रमथानको बिषयमा चर्चागर्दै बाटोको जग्गा, ऐलानी, सार्बजनिक हो भने पहिलो प्रमाण एकमत हुनु जरुरी रहेको बताउँदै यो नगरपालिकाले बनाएको भबन हो, सबै एक भयो भने कसैले केही गर्न सक्दैनन भन्नुभयो । यसको संरक्षण गर्न संयमित भएर लाग्न उहाँले सुझाव दिनुभयो । सो सम्बन्धमा जिल्लास्तरका सबै सरोकारवाला एकमत हुनुपर्ने चर्चा गर्नुभयो ।

सभासद जयराम यादबले गा्रमथान संरक्षण हुनुपर्छ, जुनसुकै जातिको भएपनि संरक्षण अनिबार्य रहेको बताउनुभयो । भत्काउने संग क्षतिपूर्ति सहितको माग दाबी गर्नुपर्ने तर्क उहाँले राख्नुभयो ।

थारु कल्याण कारीणी सभाका केन्द्रिय सल्लाहकार रामराज चौधरीले यहाँ भुमिअधिकार मञ्चको भबन भत्काउने आदेश थियो, कसरी थारु गा्रमथान भत्काईयो ? जिज्ञासा गर्नुभयो । दुखद घटना भएको बताउँदै उहाँले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो ।

थारु कल्याणकारीणी सभाका केन्द्रिय प्रशिक्षक तेजनारायण चौधरीले नेपालभरीका थारु गा्रमथान, मठ, मन्दिर, गुम्वा, चर्च सबैको संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । थारु महिला सभाका केन्द्रिय सचिब शुसिला चौधरीले थारुहरु परम्पराकालदेखी गा्रमथानमा पूजा गर्दै आएकोले यसको संरक्षण अनिवार्य रहेको बताउनुभयो ।

नेता पदम अधिकारीले आदिबासी दृष्टीकोणले प्रकृति बचाउन सकिने बताउँदै पौराणिक संस्कृति संरक्षणमा जोड दिनुभयो । उहाले यस ठाउबाट पटक पटक गा्रमथान हटाउने प्रयास भएकोमा त्यसको आलोचना गर्नुभयो ।

गा्रमथान संरक्षण समितिका झुमा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राजकुमार चौधरी, चन्द्र धेदुङ लगायतले बोल्नु भएको थियो ।

गत जेठ १९ गते त्यहा रहेको भुमि बधिकार मञ्चको घर भत्काउने भनिए तापनि छेउमै रहेको थारु गा्रमथान पनि भत्काईएको स्थानिय साबित्री चौधरीले बताउनुभयो । गा्रमथान इटहरी उपमहानगरपालिकाको बजेटमा पुनः निर्माण गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया