गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीले बुधबार पुनर्वहाली गर्ने


काठमाडौं, साउन १ गते । गत असार २२ गते मन्त्री परिषदको निर्णयबाट पदमुक्त हुनुभएका गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी सर्वोच्च अदालतको अल्पकालिन आदेशबमोजिम साउन २ गते बुधबार कार्यालयमा पुनर्वहाली गर्ने हुनुभएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिहर दाहाल, ईश्वरप्रसाद सुवेदी, युवराज भण्डारी र राजु कटुवालको वहसपछि सर्वोच्चले असार ३१ गते नै पुनर्वहालीको पत्र तयार गरेको थियो । मंगलबार कार्यालयमा पुनर्वहाली गर्ने बताउनुभएका अध्यक्ष चौधरीले कार्यालयका कर्मचारीले मंगलबारभन्दा बुधबार राम्रो दिन भएकोभन्दै पुनर्वहाली सोहिदिन गर्न भनेपछि एकदिन ढिला भएको चौधरीले बताउनुभयो ।

सरकारको निर्णयलाई सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पदमुक्त हुनुभएका गुठी संस्थानका अध्यक्ष चौधरीको पुनर्वहालीसँगै प्रशासक नारायण चौधरीको पनि पुनर्वहाली हुनेभएको छ ।

सर्वोच्चको अल्पकालिन आदेशमा साउन १६ गते दुवै पक्षकालागि उपस्थित हुन भनेको छ । तवसम्म अध्यक्षमा चौधरीलाई काम गर्न कुनै बाधा पर्ने   छैन । १६ गतेको दुवै पक्षको बहसपछि पुनः पद रहने या नरहेनेबारे एकिन हुने चौधरीले बताउनुभयो ।

सरकारले असार २० गतेदेखि लागु हुनेगरी संस्थान, कम्पनी, गुठी संस्थान, कम्पनी लगायतका पदाधिकारीहरुलाई मन्त्रीपरिषदको निर्णयपछि पदमुक्त गर्ने निर्णय गरेको थियो । पदमुक्त पदाधिकारीहरु सर्वोच्चमा रिट निवेदन दिएपछि पुनर्वहाली हुनुभएको हो ।

सर्वोच्चको पत्र हेर्नुहोस्

तपाईको प्रतिक्रिया