गायक विश्वसागर परियारलाई थारु गीत गाएरै मिल्यो राम्रो सफलता


भगतराम थारु
नेपालगन्ज, साउन २ गते । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ३ बैजापुरका गायक विश्वसागर परियारलाई थारु गीत गायनबाट नै चर्चा कमाउन सफल भएका छन् ।

बाँकेको विकट क्षेत्र सुगम जिल्लाको दुर्गम बस्तिमा जन्मेका चर्चित थारु गायक परियारले थारु गायनलाई आफुले चर्चामा ल्याएको दावी गर्नुहुन्छ । पछिल्लो समय जताततै विश्वसागर कै गीत गुन्जनुले आफुलाई थारु संस्कृतिलाई जगेर्ना गर्ने झन हौसला थपेको बताउनुहुन्छ ।

थारु गीत संगितबाटै यस क्षेत्रमा हजारौ दर्शकको मन जित्न सफल भएको पाउदा खुसी भएको महसुस हुनेगरेको गायक परियारले बताउनुभयो । थारु गाउँमा जन्मेहुर्केका गायक परियार थारु गीतलाई निरन्तरता दिने र थारु कला संस्कृतिलाई बचाउने हरसम्भव प्रयत्नरत रहने बताउनुहुन्छ ।

दुई दर्जन बढि थारु गीत संगितमा स्वर दिएका गायक परियार कहाँ जाइतो गोरी लचकाइके कमरिया बोलको गीतबाट आफ्नो गायन क्षेत्रलाई सुरुवात गर्नुभएको थियो । गायक परियार पछिल्लो समयमा थारु गीतलाई प्रथामिकता दिदै थारु गायकको रुपमा स्थापित हुनुभएको छ ।

थारु गायनलाई आफ्नै शव्द, लय र स्वरमा धमाधम गीत निकालिरहनु भएका परियार नयाँ मोडल तथा नयाँ पुस्तालाई लक्षित गरेर गायनलाई अगाडी बढाउने सोच समेत रहेको दावी गर्नुहुन्छ । पछिल्लो समयमा थारु कला संगितमा नयाँ युवा पुस्तालाई समेत भित्राउने उहाँले बताउनुभयो ।

आफु परियार भएकैकारण कतिपय ठाउँमा प्रश्न समेत उठ्ने गरेको सुन्दा चित्त दुख्नेगरेको गायक परियारले भन्नुहुन्छ । थारु गाउँमा जन्मेर होला मलाई थारु संस्कृति नै मनपर्छ ।

अहिलेको युवा पुस्तालाई मध्यनजर गरेर जस्तोसुकै बर्गलाई लक्षित गरी गायनलाई थप उर्जा बनाउने सोचकासाथ अगाडि बढेको गायक परियारले बताउनुहुन्छ । गायक परियार थारु भाषा र संस्कृतीलाई आसाध्यै माया गर्ने बताउँदै भन्नुहुन्छ ‘थारुकै कोखबाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिएँ र अरुले मलाई अझ थारु गीत संगितमा अरुको साथ पाउने जिकिर गर्नुहुन्छ ।

आफु परियार भएकैकारण कतिपय ठाउँमा प्रश्न समेत उठ्ने गरेको सुन्दा चित्त दुख्नेगरेको गायक परियारले भन्नुहुन्छ । थारु गाउँमा जन्मेर होला मलाई थारु संस्कृति नै मनपर्छ । थारु संस्कृतिको वेग्लै कथा छ म सधै थारु संस्कृतिलाई माया गर्ने र संस्कृति बचाउनतिर लाग्ने दावी गर्नुहुन्छ गायक परियार ।

गायनतर्फ गाउँबस्ती शहरमा मेरै चर्चा भैरहेको सुन्दा आफुलाई थारु समुदायमा केही गरेकोजस्तो महशुस हुनेगरेको गायक परियारले बताउनुहुन्छ । गायन क्षेत्रलाई निरन्तरता दिने उहाँको सोचकासाथ केही दिनमै ७ वटा थारु गीत वजारमा ल्याउने तयारीमा रहेको गायक परियारले बताउनुभयो । गायक परियार गायक मात्र नभई मोडेलको भुमिकामा समेत अभिनय गरिसक्नुभएको छ ।

परियार यसअघि दुईवटा थारु फिल्ममा समेत मुख्य कलाकारको भुमिका निर्वाह गरिसक्नुभएको छ । थारु फिल्म बन्दीदी र प्रेमके बस्तिमे नामक फिल्ममा उहाँको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया