थारु समुदायको कला संस्कृतिका लागि थारु कलाकार एकजुट हुने


भगतराम थारु
नेपालगन्ज, साउन ५ गते । पछिल्लो समयमा थारु गीत संगितले चर्चा पाइरहदा थारु कलाकारहरु पनि एकजुट हुन लागेका छन् । थारु संस्कृति बचाउन थारु कलाकारहरुको मुख्य भुमिका रहने भएको भन्दै थारु कलाकारहरु एकजुट हुने बताएका छन् ।

थारु गीत संगित चर्चामा आइरहँदा थारु कलाकारहरु पनि जोश जागरकासाथ लागिपर्ने दावी गरेका छन् । नेपाल रास्ट्रिय थारु कलाकार मञ्च शाखा कार्यालय बाँकेको शनिवार कोहलपुरको ओम साइबाबा कला केन्द्रमा बसेको बैठकले थारु कला संगितलाई बचाई राख्न एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

थारु कला संस्कृति यस्तो संस्कृति हो कि जुन समुदायले पनि मन पराउने र रमाउने संस्कृति भएको हुनाले यसलाई दीर्घकालिन रुपमा बचाउन थारु कलाकारहरुको भुमिका रहेको नेपाल राष्ट्रिय थारु कलाकार मञ्चका सल्लाहकार अन्शुमान थारुले बताउनुभयो ।

शानिवार कोहलपुरमा बसेको थारु कलाकार मञ्चको बैठकले नेपाल रास्ट्रिय थारु कलाकार मञ्च शाखा कार्यालय बाँकेको साउन २६ गते शाखा कार्यालय उद्घाटन गरी थारु कला संस्कृतिलाई जगेर्ना गरिने सल्लाहकार अन्सुमानले बताउनुभयो ।  शाखा कार्यालय उद्घाटन गर्न मन्चका केन्द्रिय अध्यक्ष बिनय कुमार बैद्य आउने सल्लाहकार अन्सुमानले जानकारी गराउनुभयो ।

यस्तै बैठकले महिलाहरुको महान पर्व हरितालिका तीज लगत्तै बाँकेका ९ जना थारु कलाकार टोली माल्दिभ्समा हुने कन्सर्टको लागि जाने पक्का भएको सचिव विश्वसागर परियारले जानकारी गराउनुभयो । थारु गीत संगीतको विकास गर्न सम्पुर्ण थारु कलाकार एकभई थारु संस्कृतिलाई अगाडि बढाउन मद्दत गर्नुपर्ने थारु कलाकारहरुको दायित्व रहेको बताएका छन् । बैठकमा थारु कलाकार संघको केन्द्रिय सदस्य सुनिता दहित र केन्द्रिय प्रतिनिधि दिपक थारुको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया