सरकारी बलप्रयोगको सांसदले गरे विरोध


काठमाडौं, मंसिर ७ गते । नेपाली कांग्रेसका सातजना थारु मधेसी सांसदले मधेसमा भएको आन्दोलनमाथि सरकारले गरेको बलप्रयोगको भत्र्सना गरेका छन् ।
सोमबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै सांसदहरुले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्नुभन्दा सरकारले बलप्रयोग गरी मधेसी जनताको मानवाधिकारको उल्लंघन गरेको आरोप लगाएका हुन् ।
सांसदहरु तेजुलाल चौधरी (सप्तरी ५), सकलदेव सुतिहार (सप्तरी), रामअयोध्याप्रसाद यादव (बारा १), अमरेशकुमार सिंह (सर्लाही ६), दिनेशप्रसाद यादव (धनुषा १), गणेश मण्डल (सिरहा ६) र बुद्धिसागर चौधरी (कैलाली) रहेका छन् ।
सरकारले सप्तरीको भारदह, रुपनी, राजविराजमा सुरक्षाकर्मीको बलप्रयोगले चारजना आन्दोलनकारीको मृत्युभएको समाचारले आफूहरु दुःखीत् भएको भन्दै सांसदहरुले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा घाइते सबैको स्वास्थ्यलाभको कामना गरिएको छ ।

Kangresh

तपाईको प्रतिक्रिया