विकासका लागि समाजबाद आवश्यकः महिला नेतृ भगवती चौधरी


धिरेन्द्रकुमार चौधरी
रामधुनी, साउन ७ गते । पूर्व बन तथा भूसंरक्षण राज्यमन्त्री भगबती चौधरीले विकासका लागि समाजबाद आवश्यक रहेको बताउनु भएको छ । सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा रामधुनी ९, डुम्राहामा आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनुभयो । पार्टीका संस्थापक नेता क.पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिबसको अबसरमा कार्यक्रम आयोजना गरिएको थियो ।

महिला नेतृ चौधरीले देशमा एउटा बर्ग माथिरहेको र अर्को बर्ग तल गरिबीको रेखामुनी रहेको बताउँदै सबैले समाजबाद बिचार राख्नुपर्ने धारण राख्नुभयो ।  देशमा स्थिर राजनीति नभएर समस्या भएको बताउँदै उहाँले सामन्ती विचार र सोच शैलीले पनि विकासको बाधक भएको तर्क गर्नुभयो ।

देश जलस्रोत र प्राकृतिक स्रोतसाधनले धनी देश रहेको धारणा राख्दै मानिसका आधारभूत आबश्यक्ता पुरा भैसकेपछी समाज सम्बृद्धितर्फ बढदै जाने बताउनुभयो ।  कार्यक्रममा बिभिन्न क्षेत्रबाट समाजमा योगादान दिएका शिक्षक, कृषक, बुद्धिजिबी लगायत एक सयभन्दा बढी ब्यक्तिलाई सम्मान गरीएको थियो ।

तपाईको प्रतिक्रिया